PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

चुरोट, रक्सी, मोबाइल महँगो हुने, जस्तापाता सस्तो : बजेटले केमा दियो राहत, केमा आहत?



चुरोट, रक्सी, मोबाइल महँगो हुने, जस्तापाता सस्तो : बजेटले केमा दियो राहत, केमा आहत?

  • सुदर्शन सापकोटा -
काठमाडौं : नयाँ बजेटका कारण चुरोट र रक्सीसँगै मोबाइल सेट र महसुलको पनि भाउ बढ्ने भएको छ। सरकारले मंगलबार ल्याएको आर्थिक अध्यादेश जारी भएसँगै चुरोट, रक्सी, मोबाइल सेट, सुर्तिजन्य पदार्थको मूल्य बढ्ने भएको हो।

सरकारले चुरोटको प्रकार अनुसार नौदेखि ११ प्रतिशतसम्म मूल्य बढाउने भएको छ। फिल्टर भएको र नभएकोमा फरक-फरक दरले मूल्य बढेको छ। चुरोटको लम्बाइका आधारमा पनि कर वृद्धि गरिएको छ ।

यस्तै आन्तरिक उत्पादन हुने रक्सीमा सातदेखि आठ प्रतिशत कर बढाइएको छ भने बियरमा प्रति एलपि लिटर ६ रुपैयाँले मूल्य बढाइएको छ। आयात हुने रक्सी तथा बियरको मूल्यमा प्रति बोतल दुई सय रुपैयाँ मूल्य बढेको छ। यस्तै जुस र कोल्डड्रिङ्सको मूल्य पनि बढेको छ। यी पेय पदार्थको अन्तशुल्क पाँच प्रतिशतको हाराहारीमा बृद्धि गरिएको छ।

सरकारले मोबाइल सेटमा लाग्ने करमा कुनै परिवर्तन नगरे पनि व्यवसायीलाई फिर्ता गर्ने मूल्य अभिवृद्धि कर (भ्याट) को सीमा घटाएका कारण मूल्य बढ्ने भएको छ। त्यस्तै एक प्रतिशत पुनःनिर्माण करका कारण मोबाइललगायत टेलिफोन महसूल पनि बढ्ने भएको छ। 

चोरी निकासीबाट मोबाइल सेट आउने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले ६० प्रतिशतसम्म भ्याट छुटको व्यवस्था गरेकोमा अब यसलाई घटाएर ५० प्रतिशतमा झारेको छ । ‘यसलाई आगामी वर्षहरुमा भ्याट छुट घटाएर शुन्यमा झार्दै लैजान्छौं,’ राजस्व सचिव नवराज भन्डारीले भने ।

भूकम्पले पूर्वाधार क्षेत्रमा ठूलो क्षति पुर्‍याएकोले सरकारले पुनर्निर्माणमा आवश्यक वस्तु तथा सेवाको आयातमा लाग्ने शुल्क तथा करहरु पनि घटाएको छ । जस्तापाता र इँटाको भन्सार शुल्क ३० प्रतिशतबाट १५ प्रतिशतमा झारिएको छ। 

आन्तरिक उत्पादनबाटै रड र सिमेन्टको पूर्ति हुने भएकाले यसका दरहरु भने नचलाइएको भन्डारीले जानकारी दिए। निर्माण सम्बन्धि उपकरणहरु विदेशबाट भाडामा ल्याउँदा त्यसमा पनि केही सहुलियत दिइएको छ।

यसअघि तीन महिनासम्म भाडामा ल्याउन पाइने यस्ता उपकरण अब वर्ष दिनसम्म भाडामा चलाउन पाइन्छ । भाडामा चलाइए वापत सरकारलाई भने दैनिक एक हजार रुपैयाँ शुल्क तिर्नु पर्ने हुन्छ ।

कृषि औजार तथा उपकरणहरुमा पनि सहुलियत दिइएको छ । किसानले प्रयोग गर्ने पानी तान्ने तथा सिंचाइ गर्ने पम्प, थ्रेसर, पशुपन्छी, बिउ,विजनको शुल्कमा पनि सहुलियत दिइएको भन्डारीले जानकारी दिए।

विदेशबाट आयात हुने काठ भने महँगिने भएको छ । सरकारले विदेशबाट आयात हुने काठ तथा यसका फर्निचरमा पाँच प्रतिशत भन्सार शुल्क लगाएको छ । 

सहकारी वा कुनै निजी कम्पनीले सार्वजनिक सवारी साधन सेवा सञ्चालन गर्न एकै पटक पाँच वटा बस खरीद गरेमा त्यसमा लाग्ने भन्सार शुल्क लगभग मिनाहा गरिएको छ। ४० सिटे यस्ता सवारी साधनमा लाग्दै आएको २४० प्रतिशत भन्सार शुल्कमध्ये अब पाँच प्रतिशत मात्र लाग्ने भएको छ। 
 

बजेटसँग सम्बन्धित थप समाचार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell