PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

​पेट्रो डलरबाट हाइड्रोको कल्पना : रेमिट हाइड्रो



काठमाडौं : सधै झै यसपालाको बजेटले पनि जलविद्युत आयोजनालाई प्राथमिकतामा राखेको छ। यस क्षेत्रमा लगानीकर्ता आकर्षित गर्न सरकारले पहिलेदेखि दिँदै आएको सुविधालाई यथावत कायम राखेको छ भने नयाँ कन्सेप्टका रुपमा रेमिट हाइड्रो अघि सारेको छ।

नेपालीले विदेशबाट आर्जन गरेर नेपाल पठाउने रेमिटेन्सलाई विद्युत उत्पादनको क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने रेमिट हाइड्रो सरकारले प्रस्ताव गरेको अवधारणा हो। बजेटमा भनिएको छ, 'विप्रेषणमा उत्पादनशील क्षेत्र र पूँजी निर्माणमा उपयोग गर्न रेमिट हाइड्रो अवधारणा अन्तर्गत आयोजना विकास कार्य अगाडि बढाइनेछ।'

नेपालमा रेमिटेन्स भित्र्याउन सबैभन्दा ठूलो योगदान खाडी मुलुकमा गएका नेपाली श्रमिकहरुको हुने गर्छ। उनीहरुले त्यहाँ कमाउने 'पेट्रो डलर'लाई नेपालको उर्जा क्षेत्रमा लगानी गर्न सरकारले यस्तो कार्यक्रम प्रस्ताव गरेको हो।

यसपालाको बजेटमा प्रसारण लाइनका लागि १२ अर्ब ७३ करोड रुपैयाँ छुट्याएको छ। बजेटले उर्जा क्षेत्रको समग्र विकासका लागि जलविद्युत उत्पादन, प्रसारण र विस्तारमा ४५ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै बैकल्पिक उर्जामा ५ अर्ब ४९ करोड रुपैयाँ छुट्याएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell