PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

​जेष्ठ नागरिकको भत्ता १ हजार पुग्यो, अरुको बढेन



​जेष्ठ नागरिकको भत्ता १ हजार पुग्यो, अरुको बढेन

काठमाडौं : सरकारले यसवर्षदेखि ७० वर्ष पूरा गरेका  जेष्ठ नागरिकले पाउने मासिक भत्ता बढाएर एक हजार रुपैयाँ पुर्‍याएको छ।

पहिले ५ सय रुपैयाँ दिइँदै आएको जेष्ठ नागरिक भत्तामा औषधोपचार खर्च ५ सय रुपैयाँ थपेर एक हजार रुपैयाँ पुर्‍याइएको अर्थमन्त्री डा. रामशरण महतले जानकारी दिए।

मंगलबार ब्यवस्थापिका संसदमा बजेट वक्तब्य प्रस्तुत गर्दै उनले सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीबाट वितरण गर्ने ब्‍यवस्था मिलाइने बताए। सरकारले एकल महिला तथा राज्यबाट सामाजिक सुरक्षा अन्तर्गत नगद रकम लिने अन्य समुदायको भत्ता भने बढाइएको छैन।

राज्यको नगद हस्तान्तरण कार्यक्रमबाट सामाजिक सुरक्षा प्राप्त गर्ने नागरिकको संख्या करिब २१ लाख ५३ हजार जना छन्। सरकारले बढाएको भत्ताबाट ९ लाख ६४ हजार जना जेष्ठ नागरिक मात्र लाभान्वित हुन्छन्। 
 

बजेटसँग सम्बन्धित थप समाचार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell