PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

हाइवेहरुमा बन्नेछन् फ्लाइओभर र अन्डरपास; यी ठाउँमा बन्दैछन् सुरुङ मार्ग



हाइवेहरुमा बन्नेछन् फ्लाइओभर र अन्डरपास; यी ठाउँमा बन्दैछन् सुरुङ मार्ग

काठमाडौँ : नेपालमा सुरुङ मार्गको चर्चा चलेको लामो समय भइसके पनि हालसम्म एउटा पनि सुरुङ मार्ग बनेको छैन। बहुचर्चित काठमाडौँ-हेटौडा सुरुङ मार्ग निजी क्षेत्रले बनाउने तयारी गरे पनि स्रोत जुटिसकेको छैन। यो वर्षको बजेटले भने थानकोट- नौबिसे सुरुङ मार्ग निर्माण सुरु गर्नका लागि बजेट छुट्याएको छ।

यो सुरुङ मार्गका लागि १ अर्ब ६७ करोड विनियोजन गरिएको छ।

त्यसैगरी अर्को एउटा सुरुङ मार्गबारे पनि बजेटमा उल्लेख छ - झोर-छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययन हुने बजेटमा जनाइएको छ।

राजमार्गमा फ्लाइओभर

राष्ट्रिय राजमार्गमा बस्ती बढेका कारण सवारी दुर्घटना हुने गरेको भन्दै यसलाई कम गर्न राष्ट्रिय राजमार्गमा दुवैतर्फ तारबार लगाइँदैछ।

त्यस्तै बस्तीका कारण आवागमनमा हुने अवरोध हटाउन आवश्यकता अनुसार फ्लाइओभर र अन्डर पासहरु बनाउने प्रक्रिया सुरु गरिने बजेटमा उल्लेख छ। 
 

बजेटसँग सम्बन्धित थप समाचार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell