PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

​मूलपानीमा क्रिकेट मैदान बनाउन ११ करोड, धनगढीमा अन्तर्राष्ट्रिय मैदान बनाइने



​मूलपानीमा क्रिकेट मैदान बनाउन ११ करोड, धनगढीमा अन्तर्राष्ट्रिय मैदान बनाइने

काठमाडौं: सरकारले आगामी आर्थिक वर्षमा धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने भएको छ। त्यसैगरी देशभरी क्रिकेट मैदान निर्माणका लागि पनि बजेट बिनियोजन गरेको छ।

अर्थमन्त्री डा. रामशरण महतले ब्यवस्थापिका संसदमा बजेट पेश गर्दै नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको सफलता र नेपालमा बढ्दो क्रिकेटको लोकप्रियतालाई कायम राख्न देशभरी क्रिकेट मैदान बनाउन बजेट बिनियोजन गरेको बताएका हुन्।

त्यो रकम धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन र देशभरी क्रिकेट मैदानहरु बनाउन खर्च गरिने उनले जानकारी दिए। सरकारले मूलपानीमा क्रिकेट मैदान निर्माणका लागि ११ करोड रुपैयाँ विनियोजन गरेको छ।

त्यस्तै कीर्तिपुर र पुल्चोकमा रहेका क्रिकेट मैदानको स्तरोन्नति गर्न पनि आवश्यक बजेट बिनियोजन गर्ने अर्थमन्त्रीले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell