PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

​खेलकूदमा २ अर्ब ७ करोड बजेट, उत्कृष्ट खेलाडीको बीमा गरिने



​खेलकूदमा २ अर्ब ७ करोड बजेट, उत्कृष्ट खेलाडीको बीमा गरिने

काठमाडौं: सरकारले आर्थिक वर्ष २०७२/७३ का लागि खेलकूदमा २ अर्ब ७ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। अर्थमन्त्री रामशरण महतले व्यवस्थापिका संसदमा मंगलबार प्रस्तुत गरेको बजेटले मुलपानीमा निर्माणाधिन क्रिकेट मैदानका लागि ११ करोड रकम बिनियोजन गरेको छ। 

धनगढीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्नका लागि पनि सरकारले बजेट छुट्याएको छ। अर्थमन्त्रीले त्रिवि क्रिकेट मैदान र पुल्चोक इन्जिनियरिङ कलेजको क्रिकेट मैदानको स्तरोन्नतिका लागि पनि बजेट विनियोजन गरेका छन्।

क्रिकेट खेलमा नेपालले प्राप्त गरेको सफलता र यस खेलमा नेपाली युवाको बढ्दो आकर्षणलाई कायम राख्न काठमाडौं बाहिरका मुख्य सहरहरुमा क्रिकेट मैदान निर्माण गर्ने सरकारको लक्ष्य छ। धनगढीमा क्रिकेट मैदानको निर्माण थालनी गर्न देशका विभिन्न स्थानमा क्रिकेट मैदानहरु निर्माणका लागि २१ करोड रकम विनियोजन भएको छ। 

त्यस्तै सरकारले अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिएको छ। सरकारले बजेटमार्फत उत्कृष्ट खेलाडीहरुको बीमा गर्ने व्यवस्था गरेको छ। यसअघि कै कार्यक्रममा रहेको एक निर्वाचन क्षेत्र एक खेल मैदान निर्माण कार्यक्रमलाई निरन्तरता दिएको छ।

अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमा खेलकुदको विकासका लागि ४ हजार सामुदायिक विद्यालयहरुका लागि १० हजार रुपैयाँका दरले खेल सामग्री उपलब्ध गराउने उल्लेख छ। त्यस्तै युवालाई अनुशासित र मर्यादित बनाउन राष।ट।रिय सेवा दलमा आवद्ध गरी तालिम दिने कार्यक्रम अघि सारेको छ। सरकारले आगामी आर्थिक वर्षमा केन्द्रीय र क्षेत्रीयस्तरमा २ हजार युवालाई यस्तो तालिम दिने उल्लेख छ।

यसअघिकै कार्यक्रममा रहेको स्तरीय खेल प्रशिक्षण तथा अभ्यासका लागि देशका मुख्य शहरहरुमा कबर्ड हल निर्माण गर्ने कार्यलाई निरन्तरता दिने बजेट भाषणमा उल्लेख छ। 
 

बजेटसँग सम्बन्धित थप समाचार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell