PahiloPost

Apr 18, 2019 | ५ बैशाख २०७६

निर्मला प्रकरण : पुरानै मिति राखी मानवअधिकार संगठनले गुपचुप सच्यायो प्रतिवेदन, बम दिदीबहिनीबारे तथ्य नै फरक


पहिलोपोस्ट

निर्मला प्रकरण : पुरानै मिति राखी मानवअधिकार संगठनले गुपचुप सच्यायो प्रतिवेदन, बम दिदीबहिनीबारे तथ्य नै फरक

काठमाडौँ :  कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्याको घटनामा स्थलगत अनुगमन गरेको गैर सरकारी संस्था नेपाल मानवअधिकार संगठन (ह्युरोन) ले आफ्नो स्थलगत अनुगमनको प्रतिवेदनका तथ्यहरुमाथि प्रश्न उठाउँदै आलोचना भएपछि गुपचुप सच्याएर पुरानै मिति राखी आफ्नो वेबसाइटमा अपलोड गरेको भेटिएको छ। 

ह्युरोनले गत असोज १० गतेको मिति राखी संगठनको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो। 

उक्त प्रतिवेदनको बूँदा नम्बर २ मा ‘बम दिदीबहिनीमध्ये जेठी बबिता बम डान्सबारमा डान्सरको रुपमा कार्यरत छिन्’ र ‘घटना भएको दिन निज कार्यरत ओपेरा होटलमा एक बर्थ डे पार्टी भएको’ लेखिएको थियो। (हेर्नुहोस् जारी गर्दाको प्रतिवेदन

काठमाडौँको रिपोर्टर्स क्लबमा असोज १० गते पत्रकार सम्मेलन गरी रिपोर्ट सार्वजनिक गर्दा संगठनका महासचिव महामुनीश्वर आचार्यले सोही बूँदासहितको प्रतिवेदन पढी सुनाएका थिए। कार्यक्रमको भिडियो संगठनकै युट्युब च्यानलमा पनि अपलोड गरिएको छ। लिङ्क

ओपेरा होटलमा डान्सबार नै नभएकोबारे पहिलोपोस्टले #WhoKilledNirmala शृङ्खलाको अङ्क ६ मा खुलासा गरेको थियो। त्यसमा बबिताले आफू डान्सबारमा कहिल्यै काम नगरेको दावी पनि गरेकी थिइन्।

हाल संगठनको वेबसाइटमा राखिएको प्रतिवेदनमा भने बबिता बम डान्सबारमा डान्सर भएको तथ्य हटाइएको छ। त्यसैगरी ‘घटना भएको दिन निज कार्यरत ओपेरा होटल’ लेखिएकोमा त्यसलाई संशोधन गरी ‘घटना भएको दिन निज आवतजावत गर्ने भनिएको ओपेरा होटल’ बनाइएको छ। 

(हेर्नुहोस् हाल संगठनको वेबसाइटमा राखिएको प्रतिवेदन पेज १, पेज २पेज ३)

प्रतिवेदन सच्याइएको वा संशोधन गरिएको बारे कुनै पनि जानकारी त्यसमा राखिएको छैन। सच्याउँदा समेत प्रतिवेदनको मिति पुरानै (असोज १०) नै राखिएको छ। 

यही प्रतिवेदनमा उल्लिखित तथ्यका आधारमा विभिन्न युट्युब च्यानल र वेबसाइटहरुमा समाचार सामाग्रीहरु बनेका थिए र पाठकहरुमाझ एक किसिमको विचार निर्माण भएको थियो। तर तथ्य नै गलत पर्ने गरी प्रतिवेदन संशोधन हुँदा भने सामान्य जानकारीसमेत कसैलाई दिइएको छैन। 

प्रतिवेदनमा निर्मला हराएको दिन साउन १० गते बेलुकी बम दिदीबहिनीको छिमेकमा भैँसी ब्याउन लागेको, त्यहाँ भेला हुनेहरुले लाश/शव भन्ने आवाज सुनेको, बिहान ४ बजेतिर त्यो घरमा ट्याम्पु/टुकटुक आएको जस्ता तथ्य पनि उल्लेख थिए। ती तथ्य भने हाल पनि यथावत छन्।  

जबकि पहिलोपोस्टले बम दिदीबहिनीहरुको घर वरपरका छिमेकीहरु समेतसँग सोधखोज गर्ने क्रममा त्यो दिन कतै भैँसी नब्याएको पाइएको थियो। 

खोजबिनका क्रममा थाहा भयो- रिपोर्टहरुमा भनिएको भैँसी त्यो ठाउँको छिमेकमा पक्कै ब्याएको रहेछ। तर, करिब एक वर्ष अगाडि। 

कुन घरमा भैँसी ब्याएको थियो र मान्छेहरु जम्मा भएका थिए? अनि लाश र शव भन्ने आवाज सुन्ने को-को थिए? कतै खुलेन।

'रे' भन्नेहरु चाहिँ धेरै भेटिएका थिए। (पढ्नुस् पहिलोपोस्टको रिपोर्ट) 

 

अर्यालविरुद्ध बमको मुद्दा

बबिताले हुँदै नभएका कुराहरु सिलसिलाबद्ध रुपमा प्रकाशित प्रसारित गरेर आफूहरुको बेइज्जती गरेको, ब्यक्तिगत गोपनियता, मान प्रतिष्ठा र मानवीय मर्यादाको अधिकारको समेत हनन् गरेको भन्दै संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा फागुन २३ गते मुद्दासमेत दर्ता गरिसकेकी छिन्। 

पत्रकार खेम भण्डारी र भक्ति फुलारालाई पनि विपक्षी बनाइएको मुद्दामा मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार चार लाख क्षतिपूर्ति र मुद्दाको खर्चबापतको खर्च ९० हजार रुपैयाँ समेत भराउन आदेशको माग गरिएको छ।

निर्मलाकी आमालाई दबाब

बमले मुद्दा अदालतमा दर्ता गरेको भोलिपल्ट अर्यालसहित केही अधिकारकर्मीहरु निर्मलाकी आमा दुर्गादेवी पन्तको घरमा दबाब दिन पुगेका थिए। 

पहिलोपोस्टले पाएको निर्मलाको घरमा खिचिएको भिडियोमा अर्याल, शान्तिका लागि साझा अभियान (कोक्याप) अध्यक्ष बद्री भुसाल, सचिव पुष्ष पौडेल, स्थानीय महिला अधिकारकर्मी मिना भण्डारी, शारदा चन्द, लक्ष्मी मल्ल लगायतले निर्मलाकी आमालाई एकपछि अर्को प्रश्न गर्दै र्‍याखर्‍याख्ती पारेको देखिन्छ।  


भिडियोमा दुर्गादेवीले निकै भावुक भएर भनिरहेकी हुन्छिन्, ’कुन आमाको हुन्छ र गर्भबाट जन्मिएको छोरीको हत्यारा नपक्रियोस् भन्ने। बिहानै उठेर भगवानसँग न्यायको लागि, अपराध गर्नेलाई, लुकाउनेलाई कीरा परोस् भनेर माग्छु। हैरान भएँ म सात महिनासम्म दौडधुप गर्दागर्दा।‘

निर्मला प्रकरणको अनुसन्धानमा प्रमाण नष्ट गरेको भन्दै आठ प्रहरीविरुद्ध अधिकारकर्मीहरुको पहलमा निर्मलाकी आमा र दीलिपसिंह विष्टका दाजु खड्ग विष्टलाई जाहेरी दिन लगाइएको थियो। सोही जाहेरी अनुसार सरकारी वकिलको कार्यालयले कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। 

निर्मलाकी आमाले प्रहरीले लापरवाही गरेको तर प्रमाण नष्ट गरेको आफूलाई थाहा नभएको भन्दै जाहेरी सच्याउन खोजेको भन्दै अधिकारकर्मीहरु आफूले भने अनुसार गर्न दबाब दिन पुगेका थिए।

यसअघि निर्मलाको भेजिनल स्वाब हो कि हैन भनी यकिन गर्न निर्मलाकी आमाको रगत नमूना लिँदा पनि कान्छी श्रीमतीसँग केही वर्षदेखि नै अलग बसिरहेका उनका श्रीमानले घरमै आएर निर्मलालाई गाली गर्दै दुर्व्यवहार गरेका थिए। 

प्रदेश सरकार र केन्द्र सरकारले राहतका लागि दिने भनेको रकम पनि श्रीमानले दिएको दबाबका कारण आमाले लिन सकेकी छैनन्।  

#WhoKilledNirmala शृङ्खला  

विगत : निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि
शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' 
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? 
शृङ्खला १६ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै 
शृङ्खला १७ : विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव
शृङ्खला १८ : को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए?

शृङ्खला १९ : प्रहरीले गोप्य राखेको निर्मलाको त्यो 'अटोजोमल एसटिआर रिपोर्ट' जसमा बलात्कारीको डिएनए देखिएन

शृङ्खला २० : जब निर्मलाको हत्यामा 'क्लु' खोजिरहेको प्रहरीसामु आफै 'क्लु' आइपुग्यो

 थप समाचार



निर्मला प्रकरण : पुरानै मिति राखी मानवअधिकार संगठनले गुपचुप सच्यायो प्रतिवेदन, बम दिदीबहिनीबारे तथ्य नै फरक को लागी ३ प्रतिक्रिया(हरु)

deshman [ 2019-03-11 09:44:58 ]
what has the person in Huron to gain from this. Are they getting monetary benefit or political pressure. or what is their vested interest. Your investigative journalism should unravel this and expose to the public and concerned about the misdeed in the name of human rights.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Roshan [ 2019-03-10 21:06:33 ]
निर्मला हत्या प्रकरण जति दबाउनप्रयत्न गरियोस। त्यतिनै यो प्रकरण कम्युनिष्ट सरकारको संलग्नतामा मन्चन गरियेको जघन्य अपराध हो भन्ने तथ्य अन्तराष्ट्रिय जगतमा समेत चर्चित तथ्य हो। यसलाई सरकारले जति ढाकछोप गर्ने प्रयत्न गर्छ उति नांगिदैजाने स्पष्ट छ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Levin [ 2019-03-10 20:44:48 ]
Human Right organization is also seems politically biased. Need to penalize those culprit. please keep raising voice.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट