PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

भोकैप्यासै नारा लगाउँदा थाके सभासद्, बसीबसी लगाइयो नारा



भोकैप्यासै नारा लगाउँदा थाके सभासद्, बसीबसी लगाइयो नारा

  • अंगद ढकाल/पहिलोपोस्ट-
काठमाडौँ : संविधानसभामा पेश भएको मस्यौदाको वैधानिकतामा प्रश्न उठाउँदै विरोध जनाएको राप्रपा नेपालका सभासदले यो समाचार तयार पार्दासम्म ३ घण्टा नाराबाजी गरे। नाराबाजी जारी छ। नाराबाजीपछि पनि संविधानसभाको बैठक स्थगित नभएपछि उनीहरुले लगातार नाराबाजी गरिरहेका हुन्।

उनीहरुको नाराबाजीपछि बैठक अगाडि बढ्न नसकेपछि अरु दलका सभासदहरु बाहिर निस्कने र खाजा खाने गरेपछि नाराबाजी गर्ने सभासदमात्रै बैठक हलमा थिए। नाराबाजी गर्ने सभासदलाई रोष्ट्रमतर्फ अगाडि बढ्न नदिन मर्यादापालकहरुले घेरेका छन्।

भोकैप्यासै रहेका राप्रपा नेपालका सभासदहरु उठीउठी नारा लगाउँदा थाकेपछि बेल अगाडिको भूइँ बसेर नाराबाजी गरे। 









यो पनि हेर्नुस्-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell