PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

भित्र राप्रपा नेपालका सभासद्हरु नारा लगाउँदै, बाहिर सभासद्हरु खाजा खाँदै, हेर्नुस् फोटोहरु



भित्र राप्रपा नेपालका सभासद्हरु नारा लगाउँदै, बाहिर सभासद्हरु खाजा खाँदै, हेर्नुस् फोटोहरु

काठमाडौँ : भित्र राप्रपा नेपालका सभासद्हरुको घाँटी सुकिसकेको थियो। घण्टौँसम्म उनीहरु बेलअगाडि उभिएर नाराबाजी गर्दै थिए। अरु दलका सभासद्हरु बस्ने कुर्सी खाली भइसकेको थियो।























उनीहरु बाहिर चौरमा र क्यान्टिनमा खाजा खाँदै गफिइरहेका थिए। 
 
सर्वसम्मत पास गरिएको मस्यौदालाई परिवर्तन गरेर धर्म परिवर्तनलाई मौलिक अधिकारका रुपमा राखेको भन्दै विरोध जनाउने निर्णय गरेको राप्रपा नेपालले संविधानको मस्यौदामा छलफल गर्ने आजको कार्यसूचीमा बैठकलाई प्रवेश गर्न दिएन। बैठक सुरु भएको केही समयमै नाराबाजी गरेर अवरोध गरेपछि सभाध्यक्ष सुवास नेम्वाङ केही समयपछि आफ्नो चेयर उपाध्यक्ष ओनसरी घर्तीलाई छाडेर बाहिरिएका थिए।
 

यो पनि हेर्नुस्-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell