PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

उद्दण्ड बने राप्रपा नेपालका सभासद्, भन्छन् - 'म हो प्रधानमन्त्रीको कुर्सीमा चढ्ने'



उद्दण्ड बने राप्रपा नेपालका सभासद्, भन्छन् - 'म हो प्रधानमन्त्रीको कुर्सीमा चढ्ने'

काठमाडौँ : राप्रपा नेपालका सभासद्हरुले संविधानसभामा शुक्रबार नाराबाजी गर्ने क्रममा माइक हुर्‍याउने र कुर्सीमाथि चढ्ने काम गरेका छन्।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले पटक-पटक आफ्नो स्थानमा बस्न आग्रह गर्दासमेत अटेर गरेका सभासद्हरु तोडफोडजन्य कार्यमा उत्रिएका हुन्।

दिउँसो २ बजेर १२ मिनेटदेखि नाराबाजीमा उत्रिएका सभासद्हरुलाई सिटमा बस्न आग्रह गर्दै नेम्वाङले पौने सात बजे बैठकमा छलफल प्रारम्भ गरेका थिए। छलफलका क्रममा कांग्रेस सभासद् धनराज गुरुङ बोल्ने क्रममा राप्रपा नेपालका सभासद् दिनेश श्रेष्ठ प्रधानमन्त्री बस्ने कुर्सीमाथि चढेका हुन्।

‘मेरो नाम दिनेश श्रेष्ठ हो, मैले चढेको कुर्सी, मैले माइक फालेको भनेर लेखिदिनुहोस्’, नाराबाजी गर्दै बाहिर आएपछि सभासद् श्रेष्ठले पत्रकारहरुसँग भने।

यसअघि गत माघ ५ गते एमाओवादी र मधेशकेन्द्रित १९ दलले संविधानसभा बैठक कक्षमा तोडफोड गरेका थिए। तोडफोडमा उत्रने सभासद्हरुलाई अझैसम्म कुनै कारवाही भएको छैन। 















 

यो पनि हेर्नुस्-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell