PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यस्तो छ डिआइजी सिलवाललाई थुनामुक्त गर्न सर्वोच्चले दिएको आदेश



यस्तो छ डिआइजी सिलवाललाई थुनामुक्त गर्न सर्वोच्चले दिएको आदेश

काठमाडौँ :  सर्वोच्च अदालतले डिआइजी नवराज सिलवाललाई आजै थुनामुक्त गर्न आदेश दिएको छ। 

प्रधान न्यायाधीश सुशीला कार्कीको एकल इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै अदालतमा विचाराधीन रहेको निवेदनको एक पक्षले अर्को पक्षलाई पक्राउ गरी बन्दी बनाउँदा उक्त विचाराधीन निवेदनको सुनुवाईमा प्रत्यक्ष रुपमा प्रभाव पर्ने भन्दै यस्तो आदेश दिएको हो। 

सिलवालले दायर गरेको रिट अदालतमा विचाराधीन रहेको र वैशाख १९ गते सुनुवाई हुने गरी पेशी तारिख तोकिई कारबाहीयुक्त अवस्थामा रहेको देखिएको आदेशमा उल्लेख छ। 

‘अदालतमा विचाराधीन रहेको निवेदनको एक पक्षले अर्को पक्षलाई पक्राउ गरी बन्दी बनाउँदा उक्त विचाराधीन निवेदनको सुनुवाईमा प्रत्यक्ष रुपमा प्रभाव पर्ने विषयवस्तुको गाम्भीर्यता समेतलाई विचार गरी पछि ठहरे बमोजिम हुने गरी सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३३ (क) अनुसार यस अदालतका रजिस्ट्रारको रोहवरमा विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु थापाको हाजिर जमानीमा बन्दीमा बनाइएका निवेदक नवराज सिलवाललाई आजै तत्काल थुनामुक्त गरिदिनु भनी यो आदेश गरी दिइएको छ,’ आदेशमा उल्लेख छ। 

‘हाजिर जमानीमा थुनामुक्त गर्नको लागि बन्दीलाई यस अदालतमा आजै यथाशीघ्र उपस्थित गराउनु भनी विपक्षीहरुलाई यो आदेशको जानकारी तत्काल पठाई, दिई बन्दी नवराज सिलवाललाई झिकाई वरिष्ठ अधिवक्ता श्री शम्भु थापाको हाजिर जमानीमा आजै थुनामुक्त गरी दिनू‘, आदेशमा उल्लेख छ। 


अधिवक्ता पूर्णप्रसाद राजवंशीले आजै दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत ८ जनालाई विपक्षी बनाइएको थियो।

बन्दी प्रत्यक्षीकरणको रिट परे पनि प्रहरीले भने उनलाई बन्दी नबनाइएको बताएको थियो। प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले भनेका थिए ‘सिलवाललाई पक्राउ गरिएको हैन। स्पष्टिकरणको प्रक्रियाका लागि कानुनी व्यवसायीसँग हेडक्वार्टर आउनुभएको हो।’

डिआइजी नवराज सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएर कार्यसम्पादन मूल्याङ्कन फाइल किर्ते गरेकोबारे छानबिन गर्न गठित समितिसमक्ष आज पुर्‍याएको थियो। समितिले बयान लिन बोलाउँदा डिआइजी सिलवाल अनुपस्थित थिए। 

उता, संसदमा प्रतिपक्षी नेता केपी ओलीले बहालवाला डिआइजीलाई पक्राउ पुर्जी बिना गिरफ्तार गरिएको भन्दै कडा आपत्ति जनाएका छन्। 

सम्बन्धित समाचार

म अझै कस्टडी मै छु : अस्पतालबाट डिआइजी नवराज सिलवालसँग अन्तर्वार्ता 

यस्तो छ डिआइजी सिलवाललाई थुनामुक्त गर्न सर्वोच्चले दिएको आदेश
डिआइजी सिलवाललाई सर्वोच्चको आदेश अनुसार अदालत लगिएन, प्रवक्ता भन्छन्- घर पुर्‍याइयो, उनी अस्पतालमा
ओलीले संसदमा गरे डिआइजी नवराज सिलवालको बचाउ
डिआइजी पक्रन पूर्जी नचाहिने संशोधन ल्याउनुस् : संसदमा ओलीको गर्जन
डिआइजी नवराज सिलवाललाई आजै थुनामुक्त गर्न सर्वोच्चको आदेश
स्पष्टिकरण दिन डिआइजी सिलवाल पुगे प्रहरी हेडक्वार्टर, प्रहरी भन्छ ‘पक्राउ गरिएको हैन’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell