PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

प्रमुख प्रतिपक्षी नेता ओलीले संसदमा गरे डिआइजी नवराज सिलवालको बचाउ



प्रमुख प्रतिपक्षी नेता ओलीले संसदमा गरे डिआइजी नवराज सिलवालको बचाउ

काठमाडौँ : व्यवस्थापिका संसदको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेता केपी ओलीले डिआइजी नवराज सिलवालको बचाउ गरेका छन्। संसदको बैठकमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले भने- 'बहालवाला डिआइजीलाई कानुनी परामर्श लिन गएको बेला पक्राउ गरिदिने? पक्राउ पूर्जी छैन।'

'बहालवाला डिआइजीलाई बिना आरोप, बिना अपराध, बिना पूर्जी गिरफ्‍तार गर्नुहुन्छ झोँक चल्यो भने जनताको के हालत होला?', उनले प्रश्न गरे।

नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा सरकारले तमाशा देखाएको आरोप लगाउँदै उनले भने, 'सरकार आफू कासमु फेरफार गर्छ, आरोप अरुलाई दिन्छ।' 

उनले सरकारलाई यति साह्रो नझर्न सुझाव दिए। 'एउटालाई रोकेर, छेकेर अर्कोलाई काँधमा हालेर कहीँ पुगिने हैन', उनले भने, 'एउटा आइजीपीले चुनाव जिताउँछ भन्ने भ्रम छ भने त्यो भ्रम नपाले हुन्छ।'   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell