PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डिआइजी नवराज सिलवाललाई आजै थुनामुक्त गर्न सर्वोच्चको आदेश



डिआइजी नवराज सिलवाललाई आजै थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ : सर्वोच्च अदालतले डिआइजी नवराज सिलवाललाई थुनामुक्त गरी आजै सर्वोच्च अदालतका रजिस्ट्रारको रोहवरमा अदालतमा हाजिर गराउन आदेश दिएको छ।  

सिलवाललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै प्रधान न्यायाधीश सुशीला कार्कीको इजलासले अधिवक्ता शम्भु थापाको हाजिरीजमानीमा आजै थुनामुक्त गर्न आदेश दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता विश्व पौडेलले बताए। 

अधिवक्ता पूर्णप्रसाद राजवंशीले आजै दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत ८ जनालाई विपक्षी बनाइएको थियो।

बन्दी प्रत्यक्षीकरणको रिट परे पनि प्रहरीले भने उनलाई बन्दी नबनाइएको बताएको थियो। प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले भनेका थिए ‘सिलवाललाई पक्राउ गरिएको हैन। स्पष्टिकरणको प्रक्रियाका लागि कानुनी व्यवसायीसँग हेडक्वार्टर आउनुभएको हो।’

डिआइजी नवराज सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएर कार्यसम्पादन मूल्याङ्कन फाइल किर्ते गरेकोबारे छानबिन गर्न गठित समितिसमक्ष आज पुर्‍याएको थियो।

सिलवाल काठमाडौं प्रहरी प्रमुखको गाडीमा हेडक्वार्टर पुगेका हुन्। वरिष्ठ अधिवक्ता शम्भु थापालाई लिएर स्पष्टिकरणको कानुनी प्रक्रिया लगायतबारे बुझ्न उनी सोमबार बिहान प्रहरी हेडक्वार्टर पुगेको प्रहरी प्रवक्ता खनालले जानकारी दिए।
 

सम्बन्धित समाचार

म अझै कस्टडी मै छु : अस्पतालबाट डिआइजी नवराज सिलवालसँग अन्तर्वार्ता 

यस्तो छ डिआइजी सिलवाललाई थुनामुक्त गर्न सर्वोच्चले दिएको आदेश
डिआइजी सिलवाललाई सर्वोच्चको आदेश अनुसार अदालत लगिएन, प्रवक्ता भन्छन्- घर पुर्‍याइयो, उनी अस्पतालमा
ओलीले संसदमा गरे डिआइजी नवराज सिलवालको बचाउ
डिआइजी पक्रन पूर्जी नचाहिने संशोधन ल्याउनुस् : संसदमा ओलीको गर्जन
डिआइजी नवराज सिलवाललाई आजै थुनामुक्त गर्न सर्वोच्चको आदेश
स्पष्टिकरण दिन डिआइजी सिलवाल पुगे प्रहरी हेडक्वार्टर, प्रहरी भन्छ ‘पक्राउ गरिएको हैन’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell