PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

म अझै कस्टडी मै छु : अस्पतालबाट डिआइजी नवराज सिलवालसँग अन्तर्वार्ता



म अझै कस्टडी मै छु : अस्पतालबाट डिआइजी नवराज सिलवालसँग अन्तर्वार्ता

काठमाडौँ : डिआइजी नवराज सिलवालले आफू अझै प्रहरीको कस्टडी मै रहेको बताएका छन्। 

सर्वोच्च अदालतले रजिस्ट्रार र वरिष्ठ अधिवक्ता शम्भु थापाको रोहवरमा आजै अदालतमा उपस्थित गराई थुनामुक्त गर्न आदेश दिए पनि उनलाई आज अदालत उपस्थित गराइएको थिएन। 

राति बीएन्डबी अस्पतालमा पुर्‍याइएका सिलवालले पहिलोपोस्टका मनोज सत्यालसँगको कुरा गर्दै आफू कस्टडीमै रहेको सर्वोच्च अदालतको आदेश अनुसार सर्वोच्चमा प्रस्तुत गर्ने आशा व्यक्त गरेका छन्। 

आज के भएको थियो?
म घरबाट बाहिर निस्कँदै थिएँ। उहाँ(प्रहरी)हरुले जानुपर्छ भन्नुभयो। ल ठीक छ, वकिल सापसँग सल्लाह गरेर जान्छु भनेँ। अनि शम्भु थापाकोमा जाँदा अस्वस्थताको अनुभव भयो। 

शम्भु थापाकोमा गफ गर्दै गर्दा उनीहरुले मलाई जबर्जस्ती लिन आए। चार्ज पनि छैन। पक्राउ पुर्जी पनि छैन। जबरजस्ती गरियो। म गएँ, अनि शम्भु थापा पनि म सँगै जानुभयो। 

(हेडक्वार्टर) गयौँ । उनीहरुले मसँग बयान लिए। आफ्नो कुरा राखेँ। त्यसपछि सर्वोच्चले (बन्दी प्रत्यक्षीकरणको रिटमा थुनामुक्त गर्न) आदेश दियो। 

सर्वोच्चले मलाई उपस्थित गराउनु रजिष्ट्रारकोमा भन्यो। मलाई रजिष्ट्रारकोमा नलगेर विभिन्न ठाउँमा लगे। मेरो कानुन व्यवसायीलाई पनि बाटोमै ओराले। अनि मेरो स्वास्थ्यमा समस्या भएपछि एम्बुलेन्स बोलाएर उनीहरुले यहाँ ल्याए। बी एण्ड बी अस्पताल। 

म कस्टडीमै छु र सर्वोच्च अदालतको आदेश अनुसार उनीहरुले मलाई सर्वोच्चमा प्रस्तुत गर्छन् होला। 

बयान के विषयमा थियो, प्रश्न के थियो?
विभिन्न। अहिले अनुसन्धानको विषय भएकाले किन भन्ने। प्रश्न त कार्यसम्पादन मूल्याङ्कन कसरी लिक भयो भन्ने थियो। अब त्यो मिडियामा आएको हिसाबको कुराहरु हो। विभिन्न अनलाइनहरुमा आएको हो। 

अब सर्वोच्चमा बुझाउँछन् होला हैन?
सर्वोच्चको आदेश मानेर बुझाउँछन् होला। तर मेरो विपक्षीले जोसँग म मुद्दा लडिराखेको छु, उसैले आफैले अनुसन्धान गर्ने, अनुसन्धान गर्न टोली गठन गर्ने । आफै चाहीँ क्लेम गर्ने। अनि यसरी राज्यको श्रोत साधनको दुरुपयोग गर्ने। यो निन्दनीय छ र यो अदालतमा विचाराधीन रहेको विषयमा अदालतमा भएका कागजातबारे अदालतले नै निर्णय गर्ने कुरामा गरेको कुरा कानुन भन्दा बाहिरको अपराध छ। यो गैर कानुनी छ। 

वैशाख १९ गतेको सुनुवाईमा टुङ्गो लाग्ला?
१९ गतेको सुनुवाई प्रभावित गर्न, गर्ने गरी यो प्रपञ्च गरेको भन्ने मलाई लाग्छ। 

मैले जिन्दगीभर कानुनको परिपालना गरेको छु। आफै पुलिस अफिसर भएको हुनाले अग्रणीको रुपमा कानुनको मर्यादा राखेँ। कानुनको परिपालन गरेँ। उल्लंघन गर्नेलाई कारवाही गर्दै आएको मान्छेलाई। त्यस्तो जिन्दगीभर परिपालन गरेको मान्छेले कानुन उल्लंघन गर्‍यो भन्नु कल्पना मात्र हो। 

मैले कहिले पनि त्यो जीवनभर गर्नेछैन। मेरो लडाइँ न्यायका लागि हो। प्रहरीको अनुसन्धानको प्रमुख जस्तोलाई यस्तो व्यवहार गरिन्छ भने सामान्य मानिसलाई कस्तो होला? यो खालको पुलिस सिस्टमको कल्पना हामीले गरेको होइन। यसलाई सुधार गर्ने हो। यो प्रजातान्त्रिक मूल्य मान्यता विपरीत छ। भर्त्सनायोग्य छ।  


सम्बन्धित समाचार 

यस्तो छ डिआइजी सिलवाललाई थुनामुक्त गर्न सर्वोच्चले दिएको आदेश
डिआइजी सिलवाललाई सर्वोच्चको आदेश अनुसार अदालत लगिएन, प्रवक्ता भन्छन्- घर पुर्‍याइयो, उनी अस्पतालमा
ओलीले संसदमा गरे डिआइजी नवराज सिलवालको बचाउ
डिआइजी पक्रन पूर्जी नचाहिने संशोधन ल्याउनुस् : संसदमा ओलीको गर्जन
डिआइजी नवराज सिलवाललाई आजै थुनामुक्त गर्न सर्वोच्चको आदेश
स्पष्टिकरण दिन डिआइजी सिलवाल पुगे प्रहरी हेडक्वार्टर, प्रहरी भन्छ ‘पक्राउ गरिएको हैन’
सरकारी कागज कीर्तेमा नवराज सिलवालमाथि कारबाही तयारी,  यसरी गरिएको थियो कीर्ते हेर्नुस् फाइल 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell