PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ने क पा सचिवालय बैठक: भेनेजुएला प्रकरणमा प्रचण्डकै वक्तव्य सदर, कुनै पनि देशको आन्तरिक मामलामा बाह्य हस्तक्षेप अस्विकार्य



विधुर ढकाल

ने क पा सचिवालय बैठक: भेनेजुएला प्रकरणमा प्रचण्डकै वक्तव्य सदर, कुनै पनि देशको आन्तरिक मामलामा बाह्य हस्तक्षेप अस्विकार्य
फाइल फोटो

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(ने क पा)को सचिवालय बैठकमा भेनेजुएला प्रकरणले प्रवेश पाएको छ। पछिल्लो समय भेनेजुएलामा भएको राजनीतिक घटना क्रम र ने क पा र नेपाल सरकारको धारणा प्रति टिकाटिप्पणी भइरहँदा दुई महिना पछि आज बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकमा पनि यसले प्रवेश पाएको छ।

बैठकले यसअघि ने क पाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल सरकारले जारी गरेको वक्तव्यलाई आधिकारिकता दिँदै यस सम्बन्धमा कुनै द्वीविधा नभएको स्पष्ट पारेको छ। ने क पाका नेता झलनाथ खनालले प्रचण्डको वक्तव्य निजी भएको बताइरहेका बेला खनालसमेत सदस्य रहेको सचिवालयले यस्तो निर्णय गरेको हो।

यो पनि:

भेनेजुएला प्रकरण : सत्तारुढ दल र मन्त्रीहरु नै विभाजित, फेस सेभिङमा सरकार

‘हालैका दिनहरुमा भेनेजुएलामा विकसित भएका राजनीतिक घटनाक्रमहरुप्रति हाम्रो पार्टी केन्द्रीय सचिवालयको ध्यानाकर्षण भएको छ, विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धका प्रश्नमा हाम्रो पार्टीमा कुनै अन्यौल र द्विविधा छैन’ महासचिव विष्णु पौडेलले भने, ‘यस सम्बन्धमा पार्टीका दृष्टिकोण र नीतिहरु स्पष्ट र स्थिर छन्। हाम्रो पार्टी संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलका सिद्धान्तप्रति सदा प्रतिबद्ध रहँदै आएको छ।’

ने क पाले हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्ने भन्दै पौडेलले भने, ‘कुनै पनि देशको आन्तरिक मामलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै प्रकारको समस्या पैदा भएमा त्यसै देशका जनताले स्वतन्त्रतापूर्वक शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्दछ भन्ने मान्यता राख्दछ।’

भेनेजुएलामा निर्वाचित समाजवादी सरकारलाई अवैध घोषणा गर्दै त्यहाँका सभामुखले अन्तरिम राष्ट्रपतिको रुपमा आफूलाई घोषणा गरेपछि ने क पाका अध्यक्ष प्रचण्डले वक्तव्य जारी गर्दै अमेरिकाको हस्तक्षेपको विरोध गरेका थिए। अमेरिकाले स्वघोषित राष्ट्रपतिलाई मान्यता दिएको छ।

लगत्तै अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयसँग स्पष्टिकरण सोधेको थियो। त्यस्तै अमेरिकी विदेशमन्त्रालयले वासिङटन स्थित नेपाली राजदूत अर्जून कार्कीलाई विदेश मन्त्रालयमा बोलाएर स्पष्टिकरण सोधेको थियो।

यो घटना क्रमले नेपाल र अमेरिकाबीचको सम्बन्ध चिसिँदै गएको छ।

नेपाल सरकारले काठमाडौँमा कुटनीतिक नियोगका प्रमुखहरुलाई भेला गरी ब्रिफिङसमेत गरेको थियो। सो ब्रिफिङमा अमेरिकी राजदूत भने उपस्थित भएका थिएनन्। यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएला प्रकरणमा सरकार र सत्तारुढ दल ने क पाले जारी गरेको वक्तव्य कुटनीतिक मार्यदा विपरित भएको विज्ञप्तिमार्फत जनाएको थियो। 

यो पनि

भेनेजुएला प्रकरणले चिसिँदै नेपाल अमेरिका सम्बन्ध, काठमाडौंमा अमेरिकी दूतावासको सक्रियता

कुटनीतिक टकरावमा सरकारः इयान मार्टिनको गोप्य भ्रमणपछि संक्रमणकालीन न्याय र भेनेजुएलामा फस्दै ने क पा

नेपाल – अमेरिका सम्बन्ध चिस्याउने भेनेजुएला : आखिर कसरी भयो नेपाल कनेक्सन?

कार्यदललाई अपुरो प्रतिवेदन भोलि बुझाउन निर्देशन, अब सचिवालयले नै निर्णय गर्ने

यसेबीच बैठकले पार्टीको एकीकरणका बाँकी काम सम्पन्न गर्नका लागि गठन भएको कार्यदललाई आफ्नो प्रतिवेदन भोली मंगलबार बुझाउन निर्देशन दिएको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको एकीकरणसम्बन्धि सुझाव दिन गठित कार्य दलको  कार्य प्रगति विवरणसहितको प्रतिवेदन मंगलबार सचिवालयमा बुझाउन निर्देशन दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

पुस १२ गते सम्पन्न पार्टी स्थायी समितिको बैठकले पार्टीको एकीकरणसम्बन्धी थाँती काम पूरा हुने गरी सुझावसहितको प्रतिवेदन बुझाउन पार्टीका सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहनु भएको नौं सदस्यीय कार्य दल गठन गरेको थियो।

बैठकले सो प्रतिवेदनले दिएको सुझावको आधारमा पार्टीको सांगठानिक एकीकरणसम्बन्धि आवश्यक निर्णय सचिवालय बैठकले गर्ने निर्णय पनि गरेको छ। सचिवालय बैठकले गर्ने सो सम्बन्धी निर्णय पार्टी स्थायी समिति बैठकले अनुमोदन गर्ने पनि प्रवक्ता श्रेष्ठले बताए।

पुस महिनाभित्र पार्टीको एकीकरण सम्बन्धि काम पूरा हुने गरी सुझाव दिन गठित कार्य दलभित्रै विवाद भएपछि सचिवालय बैठकले सो सम्बन्धमा आफै निर्णय लिने गरी कार्य दललाई हालसम्मको कामको प्रगति विवरणसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको हो। 

सचिवालय बैठकले पार्टी स्थायी समिति बैठकले दिएको निर्देशन तथा पार्टीको आवश्यक्ता अनुसार पार्टीको राजनीतिक प्रतिवेदन तत्काल प्रकाशित गर्ने निर्णय पनि गरेको छ। प्रवक्ता श्रेष्ठले पार्टी स्थायी समिति बैठकले दिएको सुझावलाई समेत समेटेर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनलाई पनि छिट्टै अन्तिम रुप दिने निर्णय गरेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell