PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

तिवारी हत्याको छानबिनका लागि गृह मन्त्रालयले बनायो टोली, विज्ञानराज शर्मा संयोजक



पहिलोपोस्ट

तिवारी हत्याको छानबिनका लागि गृह मन्त्रालयले बनायो टोली, विज्ञानराज शर्मा संयोजक

काठमाडौं : नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल रुपन्देही जिल्लाका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्या घटना छानबिनका लागि गृह मन्त्रालयले चार सदस्यीय टोली गठन गरेको छ।
 
नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माको संयोजकत्वमा आज गठित छानबिन समितिमा डिआइजी यादवप्रसाद रेग्मी, एसएसपी मनोज न्यौपाने र मन्त्रालयबाट उपसचिव शिवराम जोशी रहेका छन्।
 
हत्याको छानबिनका लागि माग गर्दै आजै बिहान युवा संघ नेपालका अध्यक्ष राजीव पहारी नेतृत्वमा गएको कार्यकर्ताको टोलीले मन्त्रालयमा ज्ञापनपत्र बुझाएको थियो। टोलीका संयोजक शर्माले तत्काल घटनास्थल पुगेर छानबिन सुरु गर्ने बताएका छन्। गृह मन्त्रालयले छानबिनपछिको प्रतिवेदन १५ दिनभित्र बुझाउन भनेको छ।

अध्यक्ष तिवारीको सोमबार हत्या भएको थियो। रातो पल्सरमा आएका दुई जनाले उनलाई गोली हानेर फरार भएका थिए।

सम्बन्धित समाचार 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell