PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

दुर्गा हत्या छानविन गर्न प्रहरी र युवा संघको आ-आफ्नै टोली



सविन ढकाल

दुर्गा हत्या छानविन गर्न प्रहरी र युवा संघको आ-आफ्नै टोली

काठमाडौँ :युवा संघ नेपालका रुपन्देही जिल्लाका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्या अनुसन्धानका लागी काठमाडौंबाट विषेश टोली लुम्बिनी हिडेको छ।

अञ्चल प्रहरी कार्यलय लुम्विनीका प्रमुख एसएसपी शेरबहादुर बस्नेतका अनुसार गम्भिर प्रकृतिको घटना भएकाले केन्द्रबाटै विशेष टोली मगाइएको हो। उनले टोलीबारे विस्तृत खुलाउन भने चाहेनन्। घटना गम्भिर रहेकाले अनुसन्धानमा सघाउन केन्द्रबाट टोली मागेको उनले बताए।

कुनै जिल्लाले अनुसन्धानमा सहयोग मागे प्रहरी प्रधान कार्यालयले केन्द्रिय अनुसन्धान ब्यूरोबाट टोली पठाउने गर्दै आएको छ।
तिवारीको हत्या लगत्तै प्रहरीले मनोज राना संलग्न रहेको दावी गर्दै आएको छ। गत फागुनमा तिवारीमाथी गोली प्रहार भए पनि उनी जोगिएका थिए।

सो घटनाको अनुसन्धानमा रानाको नाम खुलेको थियो। प्रहरीले ८ जनालाई पक्राउ गरे पनि राना भने फरार छन्। एसएसपी वस्नेतले रानाको टोलीले तिवारीको हत्या गरेको देखिएको दावी गरे।
गत फागुनमा तिवारीमाथि भएको आक्रमणबारे केन्द्रबाट टोली गएर अनुसन्धान गरेको थियो। बस्नेतले सोही टोलीलाई मगाएको जानकारी दिए।

युवा संघको आफ्नै टोली

तिवारी हत्या घटनाको अनुसन्धान गर्न युवा संघले पनि आफ्नै छानविन टोली बनाएको छ। संघले किरण पौडेलको नेतृत्वमा तीन जनाको टोली गठन गरेको हो । सघको टोली मंगलबार बुटवल जाने संघका प्रवक्ता प्रभात विक्रम कटवालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell