PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

दुर्गा हत्यामा प्रयोग भएको मोटरसाइकल फेला परेको प्रहरी दाबी



सविन ढकाल

दुर्गा हत्यामा प्रयोग भएको मोटरसाइकल फेला परेको प्रहरी दाबी

काठमाडौँ : दुर्गा तिवारीको हत्यामा प्रयोग गरिएको मोटरसाइकल फेला परेको प्रहरीले दाबी गरेको छ। युवा संघ नेपालका रुपन्देही जिल्लाका कार्यवाहक अध्यक्ष रहेका दुर्गाको हत्यामा प्रयाेग भएको बा ५१ प ८०७३ नम्बरको रातो १५० सिसीको पल्सर बाइक घटनास्थलभन्दा दक्षिणतर्फ करिब ३ किलोमिटरको दुरीमा फेला परेको हो।

इलाका प्रहरी कार्यलय बुटवलका डिएसपी मुकुन्द मारासिनीका अनुसार मणिग्राम कान्छीबजारमा लडिरहेको अवस्थामा बाइक फेला परेको हो।  नेकपा एमालेको भातृ संगठन युवा स‌ंघका कार्यवाहक अध्यक्ष रहेका दुर्गाको सोमबार हत्या भएको थियो। रातो पल्सरमा आएका २ जनाले उनलाई गाेली हानेर फरार भएका थिए।

प्रहरीले हिजो नै मोटरसाइकल फेला परे पनि आज मात्र सार्वजनिक गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell