PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

एसपी डिल्लीराज विष्टको रगत डिएनए परीक्षणका लागि पठाइयो, विष्टका छोरा र मेयर सुरेन्द्रका भतिजको पनि परीक्षण गरिँदै



सविन ढकाल

एसपी डिल्लीराज विष्टको रगत डिएनए परीक्षणका लागि पठाइयो, विष्टका छोरा र मेयर सुरेन्द्रका भतिजको पनि परीक्षण गरिँदै

काठमाडौँ : निर्मला पन्त बलात्कार-हत्या काण्डमा विवादित एसपी डिल्लीराज बिष्टको डिएनए परीक्षण हुने भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले एसपी विष्टको डिएनए परीक्षणका लागि वेग्लै टोलीसमेत गठन गरेको छ।

टोलीले एसपी विष्ट, विष्टका छोरा किरण, भीमदत्त नगरापालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको पनि डिएनए परीक्षण गर्न रगत पठाएको नेपाल प्रहरीका प्रवक्ता एसएपी शैलेस थापाले बताए। उनले भने, 'हामीले रगत परीक्षणका लागि पठाइसकेका छौं।'

नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फरेन्सिक चिकित्सक हरिहर वस्तीसहितको टोली डिएनए परीक्षणका लागि गठन गरिएको छ।

घटनाले उग्ररुप लिएपछि गृहमन्त्रीले प्रहरी प्रमुख बिष्टलाई हटाएर एसपी कुवेरबहादुर कठायतलाई पठाएका थिए। त्यस्तै गृह मन्त्रालयले कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठी र मुद्दामा खटिएका प्रहरी निरीक्षक योगेन्द्र  खड्कालाई पनि फिर्ता बोलाएको हो।

गृह मन्त्रालयमा बसेको बैठकले भदौ ९ गते एसपी बिष्टलाई निलम्वन गर्ने निर्णय गरेको थियो।
अन्तत: एसपी डिल्लीराज बिष्ट निलम्बित
निर्मला पन्त हत्यामा प्रहरीको कमजोरी : छानविन समिति
निर्मला प्रकरणमा रहस्य गहिरियो : एसपी बिष्टका छोरा र मेयरका भतिजा निर्दोष भए हत्यारा को त?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell