PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

अन्तत: एसपी डिल्लीराज बिष्ट निलम्बित 



सविन ढकाल

अन्तत: एसपी डिल्लीराज बिष्ट निलम्बित 

काठमाडौं : १३ वर्षीय बालिका निर्मला पन्त बलात्कार-हत्या काण्डमा विवादित जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टलाई गृह मन्त्रालयले निलम्बन गर्ने भएको छ।

शनिवार गृह मन्त्रालयमा बसेको बैठकले छानविन अवधिभर एसपी बिष्टलाई निलम्वन गर्नका लागि प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र लेखेको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ।

आजको बैठकमा गृहमन्त्रीसँगै तीनवटै सुरक्षा निकायका प्रमुखहरु संलग्न थिए।

प्रहरीले निर्मलाको हत्यामा ४१ वर्षीय दिलिपसिंह बिष्टलाई मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेपछि प्रहरीको अनुसन्धान शंकास्पद भएको भन्दै स्थानीय आन्दोलित बनेका थिए। 

घटनाले उग्ररुप लिएपछि गृहमन्त्रीले प्रहरी प्रमुख बिष्टलाई हटाएर एसपी कुवेरबहादुर कठायतलाई पठाएका थिए। त्यस्तै गृह मन्त्रालयले कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठी र मुद्दामा खटिएका प्रहरी निरीक्षक योगेन्द्र  खड्कालाई पनि फिर्ता बोलाएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell