PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

निर्मला पन्त हत्यामा प्रहरीको कमजोरी : छानविन समिति



पहिलोपोस्ट

निर्मला पन्त हत्यामा प्रहरीको कमजोरी : छानविन समिति

काठमाडौ : १३ वर्षीया निर्मला पन्तको घटनाबारे छानबिन गर्ने गठित  समितिले प्रहरीको अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ। समितिले शक्रवार कञ्चनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीको अनुसन्धानमा त्रुटि देखिएको ‌औल्याएको हो।

सरकारले कञ्चनपुर घटना विवादस्पद बन्दै गएपछि भदौ ७ मा सरकारले घटनाको छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो। केही दिनमा समितिको समय सकिँदैछ।
कञ्चनपुरमा अनुसन्धान गरिरहेको टोलीले केही दिनमा नै प्रतिवेदन सरकारलाई बुझाउने छ। समितिका संयोजक मैनालीले भने, 'अनुसन्धानमा प्रहरीको कमजोरी देखिएको छ। प्रहरीले केही जिम्मेवारी ननिभाएको देखिएको हो।'

समितिले अहिलेसम्म गरेको छानबिनमा घटना के भएको थियो? प्रहरीको अनुसन्धान कस्तो देखियो? एसपी बिष्टको नेतृत्वले गरेको अनुसन्धानमा के कमजोरी थियो? लगायतका कुरा उल्लेख गरिएको छ नयाँ अनुसन्धानको प्रतिवेदनमा। अनुसन्धानमा भेटिएका तथ्यहरु प्रहरीको अनुसन्धान टोलीलाई दिएर मद्धत गर्ने समेत बताइएको थियो।

प्रहरीले सुरुमा घटनाको बारे चासो नदिनु। गलत व्यक्तिलाई यातना दिएर घटनामा दोषी रहेको स्वीकार गर्न लगाउनु जस्ता गतिविधिले प्रहरीको कमजोरी भएको देखिएको छ। प्रहरीको कमजोरीकै कारण एसपी डिल्लीराज बिष्टलाई निलम्बनको लागि सिफारिस गरेको समेत जानकारी दिए।

जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टको अनुसन्धानमा नै शङ्का पैदा भएपछि गृह मन्त्रालयले नयाँ एसपी पठाएर अनुसन्धान सुरु गर्न निर्देशन दिएको थियो। एसपी बिष्टको अनुसन्धानमा कमजोरी देखिएकाले उनलाई भदौ ९ गते निलम्बित गरिएको थियो।

एसपी कुवेरबहादुर कठायतको टोलीले अहिले नयाँ शिराबाट  अनुसन्धान गरिरहेको छ। अनुसन्धानकै क्रममा पहिलेदेखि स्थानीयले घटनामा जोडिएर शङ्काको रूपले हेरेका निर्मलाकी साथी रोशनी बम र उनकी दिदी वविता बमलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। एसपी डिल्लीराज बिष्टका छोरा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिजा संग पनि प्रहरीले बयान लिएको छ। एसपी बिष्टका छोरा किरण र मेयरका भतिजा आशुष बिष्टको घटनामा कुनै पनि संलग्नता नदेखिएको प्रहरीले जनाएको छ।

घटनाक्रम जटिल र रहस्यमय बन्दै गएपछि केन्द्रीय अनुसन्धान व्यूरोको टोली पनि कञ्चनपुर पुगेको छ। व्यूरोबाट एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वमा पुगेको टोलीले आइतबारबाट अनुसन्धान सुरु गरेको हो। टोलीमा व्यूरोका डिएसपी कमल थापासमेत रहेका छन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell