PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अमेरिकी सेनाको हेलिकप्टर दोलखाको सिंगटीमा भेटियो, दुई नेपालीसहित ८ सकुशल



अमेरिकी सेनाको हेलिकप्टर दोलखाको सिंगटीमा भेटियो, दुई नेपालीसहित ८ सकुशल

क्षमा चाहन्छौं !

पहिलोपोस्टबाट हामीले सरकारी निकायको सूचनाका आधारमा हराइरहेको अमेरिकी सैनिक हेलिकप्टर सकुशल रहेको समाचार दिएका थियौं। अर्थमन्त्री र उर्जा मन्त्रालयका अधिकारीलाई स्रोतका रुपमा उल्लेख गर्दै हामीले दिएको समाचार अन्तत: गलत ठहरिएको छ। हेलिकप्टर दुर्घटना भएको समाचार आज सार्वजनिक भएको छ। हामी दुखित् छौं। हाम्रो समाचारले धेरैलाई खुसी दिए पनि अन्तत: त्यो टिकेन। प्रस्ट स्रोतसहित समाचार दिँदा पनि हामी चुकेका छौं।

हामीले दिएको समाचारको कुनै पनि अंश हामीले आचार संहिता र आफ्नै सम्पादकीय नीतिअनुसार डिलिट गरेका छैनौं। यो हाम्रा लागि पनि पाठ बनेको छ। समाचारबाट कसैको भावनामा ठेस पुगेकोप्रति पहिलोपोस्ट क्षमा याचना गर्दछ।

- सम्पादक

अमेरिकी सेनाको हेलिकप्टर दोलखाको सिंगटीमा भेटियो, दुई नेपालीसहित ८ सकुशल 

  • सबिन मिश्र/पहिलोपोस्ट-
काठमाडौं : हराइरहेको अमेरिकी सेनाको हेलिकप्टर नेपाल विद्युत प्राधिकरणको दोलखा स्थित निर्माणाधीन सिंगटी सबस्टेसनमा भेटिएको छ। हेलिकप्टरमा रहेका ६ अमेरिकी र दुई नेपाली सैनिक सकुशल छन् ।

ऊर्जामन्त्री राधा ज्ञवालीका स्वकीय सचिव राजेन्द्र ढकालले मंगलबारदेखि हराइरहेको अमेरिकी सेनाको हेलिकोप्टर दोलखाको सिंगटीमा रहेको सूचना प्राप्त भएको पहिलोपोस्टलाई जानकारी दिए । 

अर्थमन्त्री डा रामशरण महतले पहिलोपोस्टसँग कुरा गर्दै आफूले ऊर्जा सचिवबाट हेलिकप्टर दोलखामा भेटिएको जानकारी लिएको बताए । 'हेलिकप्टर भेटिएको कुरा थाहा पाएँ र मैले ऊर्जा सचिव जीसँग पनि कुरा गरें,' मन्त्री महतले भने, 'मैले उहाँबाट यसको कन्फर्मेसन लिएको हुँ।'
मन्त्री महतले हेलिकप्टर भेटिएको सम्बन्धमा ट्वीट पनि गरेका छन् ।  हेलिकप्टर र त्यसमा रहेका यात्रुहरुको अवस्था सकुशल रहेको नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक शेरसिंह भाटले पनि पहिलोपोस्टलाई बताए । 'सिंगटी सब स्टेशनको कम्पाउण्ड भित्रै हेलिकप्टर सुरक्षित रुपमा अवतरण गरेको छ,' भाटले भने, 'मैले पावरहाउसमा रहेका विजय कार्कीसँग कुरा गरें, पहिरो झरिरहेकाले हेलिकप्टर उडाउन असफल भएको हो, सबै सकुशल छन्।'

यो पनि पढ्नुहोस्ः आखिर कहाँ हरायो अमेरिकी सेनाको हेलिकप्टर? कसरी भयो 'मिस इन्फरमेसन'?

नेपाल विद्युत प्राधिकरणको तल्लो निकाय हुँदै माथिल्लो निकायसम्म यो खबर पुग्यो र त्यो खबर प्रधानमन्त्रीसम्म पनि। उता नेपाली सेनाले त्यसको खण्डन गर्‍यो। मन्त्रीहरुले पनि आफ्नै निकायको सूचनालाई  आधार मानेर खबर ट्विट गरेका थिए। ‘सरकारी निकायबाट आएको खबर नमान्ने कुरा पनि भएन,’ महतले भने, ‘हामीले हाम्रै निकायको सूचनालाई आधार मानेर खुसी भयौं, तर त्यो गलत रहेछ।' विस्तृत पढ्नुस्। 

नेपाल विद्युत प्राधिकरणले सिंगटी लामोसाँघु प्रसारणलाईनका लागि सिंगटीमा सब स्टेशन निर्माण गरिरहेको छ । त्यहाँ कार्यरत कर्मचारी विजय कार्कीले लामोसाँघु पुगेर सुनकोशी जलविद्युत आयोजनाका सुरज दाहाललाई हेलिकप्टर र सैनिकहरु सुरक्षित रहेको जानकारी दिएका थिए । 

दाहालले यो सूचना भाटलाई दिएका थिए । भाटले ऊर्जा मन्त्रालयको च्यानलमार्फत गृह मन्त्रालय र नेपाली सेनालाई हेलिकप्टर सिंगटीमा रहेको र सबै सैनिक सकुशल रहेको जानकारी दिएका थिए । 

हेलिकप्टरमा दुई नेपालीसहित ८ जना थिए। भूकम्प पीडित क्षेत्रमा राहत वितरणका लागि प्रयोगमा ल्याइएको अमेरिकी सेनाको हेलिकप्टर मंगलबार दिउसो दुई बजेदेखि हराइरहेको थियो।  

तर बुधबार दिनभरी नेपाली सेनाको युद्धभैरव गणबाट खटिएको सेनाको विशेष उद्दार टोली तथा अमेरिकी सेनाको विशेष विमानले भने बुधबार साँझसम्म हेलिकप्टर नभेटिएको आफूलाई जानकारी आएको दोलखाका पत्रकार दिलबहादुर केसीले बताए। 

मंगलबार दिउसो दोलखा केन्द्र बनाएर गएको भूकम्पबाट अति प्रभावित दोलखाको उत्तरी क्षेत्रको व्यापारिक केन्द्र सिंगटी बजारमा बजार नदेखिएको तर पहिरोमात्र देखिएको जनाएको छ।

सेनाले स्थानीय पत्रकारहरुलाई उत्तरी क्षेत्रका बारेमा व्याख्या गर्दै सिंगटी र त्यसभन्दा उत्तरी क्षेत्रमा कति क्षति भएको हो यकिन गर्न नसकेको जनाएको हो। 

संभावित इन्धन समस्या

अमेरिकी सेनाका कर्णेल स्टिभ वारेनले नजिकैको भारतीय हेलिकप्टरले संभावित इन्धन समस्याबारे कुरा भएको सुनेको जानकारी दिएको बताएका थिए। उनले धुँवा र अन्य कुनै दुर्घटनाको संकेत नदेखिएकोले हेलिकप्टर सम्पर्कविहीन मात्रै भएको हुनसक्ने आशा अधिकारीहरुले गरेको बताए। 

मंगलबार रात परिसकेकोले आकाशबाट खोज रोकिएको थियो। 

सेनाले भन्यो : भेटिएको छैन

नेपाली सेनाले भने हराइरहेको हेलिकप्टर खोजी कार्य जारी रहेको बताएको छ। 'रात परेका कारण हवाई खोजी स्थगित गरिएको छ', नेपाली सेनाका अप्रेसन शंकटमोचन संयोजन गरिरहेका उपरथी विनोज बस्न्यातले पहिलोपोस्टलाई भने, 'हामी सुनखानी क्षेत्रमा खोजी कार्य गरिरहेका छौं। ६ वटा टोली स्थलमार्गबाट परिचालन भएको छ।'

नेपाली सेनाले हिजो दिउँसो ३ बजेदेखि हराइरहेको हेलिकप्टर बेलुका १० बजेपछिमात्रै हराएको जानकारी दिएको थियो।

यो हो सिंगटी बजार


दोलखा जिल्लाको उत्तरी क्षेत्रको व्यापारिक केन्द्र सिंगटी बजारमा बजार नदेखिएको नेपाली सेनाले जनाएको छ। दोलखाको उत्तरी क्षेत्र सबैभन्दा बढी प्रभावित छ। सदरमुकामबाट उत्तरी क्षेत्रको सडक सम्पर्क टुटेको छ। सेनाले स्थानीय पत्रकारहरुलाई उत्तरी क्षेत्रका बारेमा व्याख्या गर्दै सिंगटी र त्यसभन्दा उत्तरी क्षेत्रमा कति क्षति भएको हो यकिन गर्न नसकेको जनाएको हो। मंगलबारको भूकम्पले दोखला र सिन्धुपाल्चोक सबैभन्दा धेरै प्रभावित भएको छ। सेनाले हेलिकोप्टरबाट सिंगटी र त्यसभन्दा उत्तरी क्षेत्रको अवलोकन गरिहरको जानकारी पनि दिइएको छ। उद्धार टोली सिंगटी पुग्न सकेको छैन्। त्यहाँ कति मानिस परे भन्ने सेना तथा प्रहरीले समेत यकिन गर्न सकेका छैनन्। बुधबार मध्यान्नसम्म सेनाको आफ्नो सूचना संयन्त्रले पनि दोलखाको उत्तरी क्षेत्रमा काम गर्न नसकेको जानकारी दिइएको छ। विस्तृत रिपोर्ट पढ्नुहोस्। पढ्नुहोस् विस्तृत रिपोर्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell