PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

उद्दारमा गएको अमेरिकी हेलिकप्टर हरायो



उद्दारमा गएको अमेरिकी हेलिकप्टर हरायो
फोटो : marines.mil

काठमाडौं : भूकम्प पीडित क्षेत्रमा राहत वितरणका लागि प्रयोगमा ल्याइएको अमेरिकी सेनाको एउटा हेलिकप्टर आज दिउँसोदेखि हराइरहेको छ। अमेरिकी प्यासिफिक कमान्डले हेलिकप्टर हराइरहेको पुष्टि गरेको रोयटर्सले जनाएको छ। 

दोलखामा उद्दारका लागि गएको हेलिकप्टर दिउँसो २ बजेपछि सम्पर्कमा नआएको हो। नेपाली सेनाले हेलिकप्टरको अवस्थाबारे औपचारिक जानकारी बाहिर ल्याएको छैन। यता गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले पनि 'हेलिकप्टर हराएको सुनेको'मात्रै भने।

'हाम्रो कार्य क्षेत्रमा पर्दैन त्यो, मैले पनि सुनेकोमात्रै हो,' ढकालले भने।

प्यासिफिक कमान्डले हेलिकप्टरमा कति जना रहेको भन्नेबारे केही थाहा नभएको बताएको रोयटर्सले जनाएको छ। सिएनएनले भने ६ अमेरिकी र दुई नेपाली रहेको बताएको छ।
 


हेलिकप्टरका पाइलटको मोबाइल ट्रयाक गर्दा दोलखाको सुनखानी भन्ने ठाउँमा पछिल्लो पटक रहेको देखिएको थाहा भएको छ। 

युएस मेरिन कोर्प्सले हेलिकप्टर हराइरहेकै समयमा मंगलबार राति यस्तो भिडियो पोस्ट गरेको छ -
 
 
UH-1Y Huey Flys Critical Missions in Nepal

Ride along a UH-1Y Huey helicopter as U.S. military members of Joint Task Force 505 put into action the phrase "No Better Friend" in the Himalayan Mountains. #WeStandWithNepal #NepalQuake #NepalEarthquake #PACOM

Posted by III Marine Expeditionary Force/Marine Corps Installations Pacific on Tuesday, 12 May 2015



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell