PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

भेनेजुएला प्रकरणमा सरकारका प्रवक्ता, 'नेपाल भूपि शेरचनले भने जस्तो क्यारेमबोर्डको गोटी बन्दैन'



भेनेजुएला प्रकरणमा सरकारका प्रवक्ता, 'नेपाल भूपि शेरचनले भने जस्तो क्यारेमबोर्डको गोटी बन्दैन'

काठमाडौं: भेनेजुएला प्रकरणमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जारी गरेको विज्ञप्तिले सरकारलाई चेपुवामा पारिरहेका बेला सरकारले विदेशी देशहरुसँगको सम्बन्ध कुनै आइडियोलोजीका आधारमा नहुने स्पष्ट पारेको छ।

बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गोकुल बास्कोटाले यस्तो बताएका हुन्। मन्त्री बास्कोटाले नेपाल कुनै पनि देशको गोटी नबन्ने स्पष्टसमेत पारे।

'मित्र राष्ट्रहरु छन्। देशहरु आइडियोलोजीको हिसाबमा सम्बन्ध हुँदैनन्। देशहरुको सम्बन्ध देशहरुको हितहरुको आधारमा पारस्परिकताको आधारमा र आफ्ना समान चासोहरु र इच्छाहरुको आधारमा हुन्छ,' उनले अगाडि भने, 'यो या त्यो हिसाबले देशलाई हामीले परिभाषित गर्दैनौँ। त्यसैले हामी भूपि शेरचनको कविता जस्तो क्यारेमबोर्डका गोटी बन्न चाहँदैनौँ।'

उनले भेनेजुएला प्रकरणमा परराष्ट्र मन्त्रालयले सरकारको स्पष्ट धारणा सार्वजनिक गरिसकेको बताए। 'सरकारले आफ्नो कुरा स्पष्ट पारेको छ पार्टीहरुले पार्टीको कुरा राख्छन्। कुनै पनि देशका पार्टीहरुले अर्को देशका पार्टीहरुसँगै सम्बन्ध राख्छन्। देशसितको सम्बन्ध देश र देशको बीचमा हुन्छ।'

नेपाल आफ्नो सन्तुलित पराष्ट्र नीतिबाट निर्देशित हुने दाबीसमेत गरे। मन्त्री बास्कोटाले भेनेजुएला प्रकरण अब धेरै नचर्किने तर्क गरे। 

'यसमा अरु केही पाकिराख्छ की भन्नु पर्दैन्। धुँवा उडिराख्ला तर खरानी कोही हुँदैन्,' उनले भने।

यसैबीच सरकारले लिवियामा बन्धक बनाइएका नेपालीहरुको उद्धारको प्रयास भइरहेको जनाएको छ। लिबियामा मानवतस्करहरुको बन्धकमा रहेका नेपालीहरुको उद्धारका लागि लिविया हेर्ने कायरोस्थित नेपाली दुतावास र लिवियामा कार्यरत नेपाली शान्ति सेना लागेको सरकारे जनाएको छ।

त्यस्तै उनीहरुलाई त्यहाँ पुर्‍याउने एक जना दाललाई नेपाल प्रहरी प्रकाउ गरी अनुसन्धान थालिएको सरकारले जनाएको छ।

इटली लैजाने भन्दै दलालहरुले नेपालीलाई लिविया पुर्‍याएका थिए।

यो पनि

कुटनीतिक टकरावमा सरकारः इयान मार्टिनको गोप्य भ्रमणपछि संक्रमणकालीन न्याय र भेनेजुएलामा फस्दै ने क पा

भेनेजुएला प्रकरण : सत्तारुढ दल र मन्त्रीहरु नै विभाजित, फेस सेभिङमा सरकार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell