PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

​भन्सारमा अवरोध : दूतावासले सरकारलाई भन्दा पहिला मिडियालाई दियो स्पष्टिकरण



​भन्सारमा अवरोध : दूतावासले सरकारलाई भन्दा पहिला मिडियालाई दियो स्पष्टिकरण

  • पहिलोपोस्ट-
काठमाडौँ :  नेपालमा रहेको भारतीय दूतावासले नेपालको ढुवानीमा देखिएको अवरोध नेपाली पक्षबाट नै भएको दाबी गरेको छ।

दूतावासले आज विज्ञप्ती जारी गर्दै नेपालमा देखिएको असहज परिस्थिति, आन्दोलनमा भएको हिंसा र त्यसमा नेपालीहरुको संलग्नता नै अवरोधको कारक रहेको दाबी गरेको हो।

बिहीबार बसेको प्रमुख तीन दलको बैठकले भारतीय दूतावासलाई जारी ढुवानीको समस्याका विषयमा नेपालका लागि भारतीय राजदूतसँग सोधपुछ गर्न सरकारलाइ आग्रह गर्ने निर्णय गरेको थियो। तर त्यसअघि नै दूतावासले शुक्रबार 'नेपाली सञ्चार माध्यमको जिज्ञासा संबोधन गर्दै' विज्ञप्ती प्रकाशित गरी ढुवानीमा देखिएको समस्याको कारक नेपाली पक्षनै रहेको बताएको हो।

दुतावासले विज्ञप्तीमा भनेको छ – ‘हामीले असोज ४ गते भनेझैँ हाम्रा कार्गो ढुवानीकर्ताहरू तथा ढुवानी यातायातमा संलग्नहरुले नेपालको अवस्थाका विषयमा उजुरी गरेका छन्। उनीहरुले नेपालमा जारी आन्दोलनलाई लिएर सुरक्षाको प्रश्न उठाएका छन् जसको कारक जारी असहज अवस्था हो।‘ भारतीय दूतावासले यसअघि आन्दोलन नरोकिए सामान पठाउन नसकिने चेतावनी दिएको थियो।

दूतावासले तराईमा देखिएको आन्दोलन राजनीतिक प्रकृतिएको भएको दोहोर्‍याउन चाहेको बताएको छ। त्यस्तै नेपाली राजनीतिक नेतृत्वकर्तालाइ आन्दोलनलाई तत्काल सम्बोधन गर्न र जारी रहेको झडपको अवस्थालाई विश्वसनीय र प्रभावकारी ढंगले अन्त्य गर्न भनेको छ।

‘जे विषयहरु उठेका छन् तिनीहरुलाई समाधान गर्नुपर्छ र संस्थागत गर्नुपर्छ। त्यसको फराकिलो सम्बोधन र स्वीकार पनि हुनुपर्छ। हामी आशा गर्छौँ अवस्था छिटो भन्दा छिटो सहज हुनेछ’, दूतवासाले विज्ञप्तीमा भनेको छ।

यो पनि पढ्नुहोस्

​भारतबाट अघोषित नाकावन्दी, तेल आउनै छोड्यो, भारत पुगेका ट्यांकर रित्तै 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell