PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

भारतले राख्यो सुरक्षा शर्त : तेल आउन रोकियो



भारतले राख्यो सुरक्षा शर्त : तेल आउन रोकियो

  • विज्ञान अधिकारी-
काठमाडौं : मधेशमा भइरहेको आन्दोलनलाई संबोधन नगरी संविधान जारी भएपछि असन्तुष्ट रहेको भारतले पेट्रोलियम पदार्थ आपूर्ति रोक्न थालेको छ।

नेपालले तेल किनिरहेको इन्डियन आयल कर्पोरेशन (आइओसी) ले लोड भएका ट्यांकरलाई सुरक्षाका कारण देखाउँदै रोकेको हो। मंगलबारदेखि ग्यास बोकेको बुलेटलाई समेत रोक लगाएको छ। 

ग्यास लिन गएका व्यवसायीहरुलाई केन्द्र सरकारको आदेश भन्दै भारतीय भन्सारले भारतीय नम्बर प्लेटका गाडी ल्याउन रोकेको जानकारी दिएका थिए।  ‘केन्द्र सरकारको अर्को आदेश नआएसम्म सुरक्षाका कारण भारतीय नम्बर प्लेटका गाडी रोक लगाउन आदेश आएको छ,’ भारतीय भन्सारका कर्मचारीले भनेका थिए। 

रक्सौल डिपोमा पेट्रोलियम पदार्थ लोड भइसकेपछि सुरक्षा दिए मात्रै लैजान दिने शर्त आइओसीका अधिकारीले राखेका थिए। भारतले हिजो वक्तब्य जारी गर्दै विद्यमान असहजताले मालवाहक कम्पनी र यातायातकर्मीहरुले नेपाल आवत/जावतमा कठिनाई भोग्नुपरेको जनाएको थियो। 

‘हिजो सुरक्षाका कारण देखाउँदै रक्सौलमा लोड भएका तेल आउन सकेन्,’ आयल निगमका प्रवक्ता दीपक बरालले भने, ‘हामीले माथिल्लो तहसँग छलफल गरेर तेल ल्याउने प्रयास भइरहेको छ।’ 

स्रोतका अनुसार सोमबार आइओसीका अधिकारीले स्कर्टिङ गरेर मात्रै तेल लैजान दिने शर्त राखेको थियो। ‘हामीलाई सुरक्षाकर्मी ल्याएर स्कर्टिङ गरेर तेल लैजान भनिएको छ। भारतको भूमिमा हामीले कसरी स्कर्टिङ गरेर सामान ल्याउने?’ स्रोतले भन्यो, ‘भारतको भूमिसम्मको सुरक्षा उनीहरुकै हो। नेपालतर्फको सुरक्षा गर्न हामी तयार छौ ।’

मधेश आन्दोलनका समयमा नेपालतर्फका सुरक्षाकर्मी र आयल निगमको समन्वयमा सहज रुपमा तेल आपूर्ति भएको थियो। सुरक्षाकर्मी र निगमका कर्मचारीको समन्वयमा राती विरगञ्जबाट तेल ल्याउने गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell