PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

डोटी दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुग्यो, एउटै गाउँका १९ जना



डोटी दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुग्यो, एउटै गाउँका १९ जना

गोविन्द रोस्यारा-
धनगढी : पद्मा अस्पतालमा आज थप दुई जनाको मृत्यु भएपछि डोटीको छतिवनमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ।  

दुर्घटनामा २७ जनाको घटनास्थलमा, तीन जनाको उपचारका क्रममा र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। 

मृत्यु हुनेमा ११ महिला, १५ पुरुष र चार बालबालिका रहेका छन्। मृतक सबैको सनाखत भइसकेको छ।

डोटीको सरस्वतीनगर गाविसका मात्रै १९ जनाको दुर्घटनामा ज्यान गएको छ।

घाइते मध्ये ६१ जनाको नेपाल र भारतका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। प्रहरीले १७ जना घाइतेको अवस्था गम्भीर रहेको जानकारी दिएको छ। 

डोटीको जोरायलबाट धनगढीतर्फ आउँदै गरेको ना ४ ख ५७०७ नम्बरको यात्रुबाहक बस सोमबार डोटीको कठपते लेकमा दुर्घटना भएको हो।

सिट क्षमताभन्दा दोब्बर यात्रु सवार उक्त गाडी सड्कबाट झण्डै ३ सय मिटर तल खसेको थियो।

प्रधानमन्त्री सुशील कोइरालाले आज एक समवेदना सन्देश दिँदै सडक यातायात दुर्घटनाबाट भइरहेको मानवीय क्षति रोक्न संस्थागत प्रयासको थालनी गरिने वचनवद्धता व्यक्त गरेका छन्। 

कसरी भयो दुर्घटना ?

​जिप मात्रै चल्ने ठाउमा दशैको लागि पहिलोपटक बस पुगेको थियो। बस लानु हुँदैन भन्दाभन्दै गाडी सोही ठाउँका बस मालिकले दशैमा धेरै यात्रु पाउने लोभमा गाडी लगेको खुलेको छ।

घटनामा घाइते भएका लक्ष्मीनगर जोरायलका रोहित बोहराले गाडीको पट्टा बीच बाटोमा नै भाँच्चिएको र जिप मात्र चल्ने बाटोमा दशैँको मौका छोपी बस सञ्चालन गर्दा दुर्घटना भएको बताए।

उनका अनुसार घुम्तीमा पहिरो गएको ठाउँमा गाडी मोडन खोज्दा दुर्घटना भएको हो।

यसैबीच सुदुरपश्चिम यातायत व्यवसायी संघले इजाजत नभएको र बाटो पनि राम्रो सँग नबनेको ठाउँमा गाडी सञ्चालनमा  ल्याएकोले दुर्घटना भएको जनाएको छ।

समितिले इजाजत नदिएको भने पनि गाडीको चलानी भने सोही यातायातले दिएको हुँदा समितिको गम्भिर लापरवाही देखिन्छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell