PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

​डोटी दुर्घटनाबाट प्रम स्तब्ध, भन्छन् - क्षति रोक्न संस्थागत प्रयासको थालनी गर्ने वचन दिन्छु



​डोटी दुर्घटनाबाट प्रम स्तब्ध, भन्छन् - क्षति रोक्न संस्थागत प्रयासको थालनी गर्ने वचन दिन्छु

काठमाडौँ : प्रधानमन्त्री सुशील कोइरालाले सड्क यातायात दुर्घटनाबाट भइरहेको मानवीय क्षति रोक्न संस्थागत प्रयासको थालनी गरिने वचनवद्धता व्यक्त गरेका छन्।  
 
डोटी जिल्लाको छत्तिवन गाउँ विकास समिति–५,कट्कटेमा सोमबार दिउँसो भएको यात्रुबाहक बस दुर्घटनामा २९ जनाको निधन भएको खबरले आफूलाई स्तब्ध बनाएको बताउँदै मंगलबार समवेदना सन्देश दिने क्रममा प्रधानमन्त्री कोइरालाले यस्तो वचनवद्धता व्यक्त गरेका हुन्।
 
'नेपालमा सडक दुर्घटना ठूलो समस्याको रुपमा रही आएको छ। साँघुरा कच्ची सडक, सवारी साधनमा भारवहन क्षमताभन्दा बढी यात्रुको चाप, सवारी साधनको मर्मत संभारमा हेलचक्र्याई ,चालकहरुको असावधानीका साथै सीट नभएपनि जबरजस्ती कोचिएर यात्रा गर्ने यात्रुहरुको प्रबृत्तिले यस्ता दुःखद दुर्घटनामा कमी आउन सकेको छैन', प्रधानमन्त्री कोइरालाको सन्देशमा भनिएको छ, 'स्थानीय जनताकाको माग र आवश्यकता अनुसार निर्माण गरिएका सडकहरुलाई बैज्ञानिक तवरको बनाउदै स्तरोन्नति गर्ने, सवारी साधनको अवस्थामा नियमित निगरानी राख्ने, सवारी साधनको भारवहन क्षमता र यात्रु तथा सामानको भारको नियमित जाँचमा पनि  संबन्धित निकायहरुलाई परिचालित गरी सडक दुर्घटनालाई न्यून गर्नेतर्फ सरकारले आवश्यक कदम चाल्ने आश्वासन दिन चाहन्छु।'
 
 दुर्घटनामा परी जीवन गुमाएका यात्रुहरुका परिवारजन र आफन्तहरुप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्रीले सम्बन्धित सबैमा ईश्वरले धैर्यधारण गर्ने शक्ति गरुन भन्ने प्रार्थना गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell