PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

डोटी बस दुर्घटनामा मृत्यु हुनेको संख्या २९ पुग्यो



डोटी बस दुर्घटनामा मृत्यु हुनेको संख्या २९ पुग्यो

गोविन्द रोस्यारा-
अपडेट:
डोटीमा भएको बस दुर्घटनामा मृत्यु हुने मध्येका १३ जनाको सनाखत भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा सरस्वती नगर गाविस वडा नम्बर १ का २५ वर्षीया कृष्णा मल्ल, सकुन्तला मल्ल, वडा नम्बर २ का ४० वर्षीय राजेन्द्र शाही, वडा नम्बर ४ का टेकराज भट्ट, वडा नम्बर ६ का भूमिराज भण्डारी र सोही ठाउँका हरिष कठायत रहेका छन्। 
 दुर्घटनाका घाइतेलाई अत्तरिया पद्मा अस्पताल ल्याइने हल्लापछि अस्पतालमा भेला भएका यात्रुका आफन्तहरु।

त्यस्तै सोही गाविस वडा नम्बर ७ का डम्बरी जोशी, वडा नम्बर ८ का कृष्णराज भण्डारी र २४ वर्षीया पशुपति भट्ट रहेको प्रहरीले बताएको छ। दुर्घटनामा मृत्यु हुनेमा लक्ष्मीनगर गाविस वडा नम्बर ३ की २७ वर्षीया शान्ति मल्ल, वडा नम्बर ५ की इन्द्रा मल्ल र सोही ठाउँकी भागिरथी बडुवाल रहेका छन्। 

जिप मात्रै चल्ने ठाउमा दशैको लागि पहिलोपटक बस पुगेको थियो। बस लानु हुँदैन भन्दाभन्दै गाडी सोही ठाउँका बस मालिकले दशैमा धेरै यात्रु पाउने लोभमा गाडी लगेको खुलेको छ।

डोटी : डोटीको जोरायलबाट धनगढीतर्फ आउँदै गरेको ना ४ ख ५७०७ नम्बरको यात्रुबाहक बस डोटीको कठपते लेकमा दुर्घटना भएको छ। दुर्घटनामा २३ जनाको ज्यान गएको स्थानीयले बताएका छन्। डोटीका प्रमुख जिल्ला अधिकारी गोविन्दबहादुर कार्कीले बस दुर्घटना भएको तर मृतकको संख्या एकिन नभएको बताए। 

'ठूलै दुर्घटना भएको अनुमान छ। बसमा कम्तिमा ६० जना यात्रु सवार भएको अनुमान छ,' कार्कीले पहिलोपोस्टसँग भने, 'दंगा प्रहरी परिचालन गरिएको छ। चाँडै अवस्था थाहा हुन्छ।' घटनास्थल धनगढीबाट लगभग ६० किलोमिटरको दुरीमा रहेको छ।

सिट क्षमताभन्दा दोब्बर यात्रु सवार उक्त गाडी सड्कबाट झण्डै ३ सय मिटर तल खसेको छ। प्रजिअ कार्कीका अनुसार घटनास्थल पुग्न डोटीबाट डडेल्धुरा हुँदै जानुपर्छ।  

स्थानीयले भने घाइतेहरुलाई बुडर अस्पताल पु्‍र्‍याइएको बताएका छन्। घटनास्थलमा अहिले नेपाल प्रहरी पुगेको छ। घटनास्थलमा एम्बुलेन्स नहुँदा उद्दार कार्यमा समस्या भएको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell