PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

फुटसलको राष्ट्रिय खेलाडी बन्न चाहनुहुन्छ? फुटसल लिगमा सहभागि हुनुस्



पहिलोपोस्ट

फुटसलको राष्ट्रिय खेलाडी बन्न चाहनुहुन्छ? फुटसल लिगमा सहभागि हुनुस्

काठमाडौं : नेपाली फुटसल टिमले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको फुटसल प्रतियोगिता खेल्दैछ।

त्यसैका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टिम निर्माण गर्नको लागि यही अगस्ट २५ देखि सेप्टेम्वर १० सम्म 'एन्फा नेशनल फुटसल लिग' आयोजना गर्दैछ।

यसका लागि एन्फाले टिम रजिस्टर गर्न सूचना समेत जारी गरेको छ।
 

एन्फासँग आवद्ध रहेका ४५ जिल्ला फुटबल संघ, ए, बी र सी डिभिजन क्लब तथा फुटबल सेन्टरका टिमहरुले उक्त लिगमा भाग लिन पाउनेछन्।

फुटबल सेन्टरका टिम नेपाल सरकार र एन्फाको ४५ जिल्ला संघमा आवद्ध भएको हुनुपर्ने एन्फाले जनाएको छ।

यस्तै खेलाडी नेपाली नागरिक हुनुपर्नेछ। एन्फाका अनुसार टिम रजिस्टर गर्दा एउटा टिमले बढीमा १२ र घढीमा ८ खेलाडी दर्ता गर्नुपर्नछ।

यो क्राइटेरिया मिट गर्दै टिम रजिस्टर गर्न चाहनेले (भोली)अगस्ट १३ देखि २० तारिखसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टिम दर्ता गराउन सक्नेछन्।

टिम दर्ता भइसकेपछि त्यसैको आधारमा लिगको फर्म्याट निर्धारण गरिने एन्फाले जनाएको छ।

एन्फाको आयोजना तथा एन्फा फुटसल कमिटीको व्यवस्थापनमा हुने प्रतियोगितामा टिम इन्ट्रीका लागि ५ हजार बुझाउनुपर्ने एन्फाले जनाएको छ।

नेपालले आगामी अक्टोबरमा इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपको क्वालिफायर्स खेल्दैछ। नेपाल रहेको समूहमा उज्वेकिस्तान, कीर्गिस्तान र तुर्कमिनेस्तान रहेका छन्।

 

नेपालले एएफसी फुटसल च्याम्पियनसिपको छनोटमा प्रतिस्पर्धा गर्ने, को को छन् समूहमा?

फुटसल कोचिङ कोर्स सम्पन्न

 

यी हुन् फुटबल र फुटसलका ५ मुख्य फरक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell