PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

फुटसल कोचिङ कोर्स सम्पन्न



पहिलोपोस्ट

फुटसल कोचिङ कोर्स सम्पन्न

काठमाडौं : तीन दिने एएफसी फुटसल कोचिङ केर्स (लेभल ए) शुक्रबार सम्पन्न भएको छ। एएफसी इन्स्ट्रक्टर होसेन सामले नेपालका १९ कोचलाई उक्त कोर्स गराएका हुन्।

कोर्सको अन्तिम दिन सामले नेपाली कोचहरुको प्रसंशा समेत गरे। उनले इरानका लागि ५ पटक एसियन फुटसल च्याम्पियनसिप उपाधि जितिसकेका छन्।

उनले नेपालमा भएको कोर्सलाई एक उत्कृष्ट समेत भनेका छन्। अन्य देशमा दिएको कोर्सको अनुभन सुनाउँदै उनले नेपाली कोच दक्षिण एसियामा आफुले ट्रेनिङ दिएका मध्ये उत्कृष्ट भएको समेत बताए।

कोर्सको अन्तिम दिन अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठले  फुटसलको राष्ट्रिय टीम बनाउन भविष्यमा नेपालमा फुटसल लिग आयोजना गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell