PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

३३ केजी सुन तस्करीमा सघाएको आरोपमा विमानस्थलका दुई भन्सार अधिकृत पक्राउ



सविन ढकाल

३३ केजी सुन तस्करीमा सघाएको आरोपमा विमानस्थलका दुई भन्सार अधिकृत पक्राउ

काठमाडौं : ३३ केजी सुन तस्करीमा सहयोग गरेको भन्दै प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई कर्मचारीलाई पक्राउ गरेको छ।
 
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार विमानस्थलका भन्सार अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो। सिआइबीको टोलीले मंगलबार बेलुका मात्र काभ्रेको पनौतीबाट दुई जनालाई पक्राउ गरेको थियो।
 
भन्सार विभागका कर्मचारीको मिलोमतो हुन सक्ने भन्दै विभागले बिहीबार नै २९ जना कर्मचारीलाई कामको जिम्मेवारीबाट हटाएको थियो। सुन तस्करी प्रकरणपछि विमानस्थल भन्सारका दुई कर्मचारी भने निलम्बित भएका छन्। महानिर्देशक शिशिर ढुंगानाका अनुसार प्राविधिक कर्मचारी प्रद्युन्नहरि श्रेष्ठ र श्याम श्रेष्ठ निलम्बनमा परेका हुन्। विभागका कर्मचारीको तस्करीसँग मिलोमत्तो भएको देखिएमा विभागीयभन्दा उपरको कारबाही गर्न समेत ढुंगानाले माग गरे। 
 
गएको बिहीवार विमानस्थलबाट ३३ किलो सुन लिएर बाहिरने क्रममा गोपालबहादुर शाही, दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell