PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सर्वसाधारणलाई ५० ग्राम ल्याउन पनि रोक तर तस्करले एयरपोर्टबाट छिराए ३३ किलो सुन, बाहिर बल्ल समातिए



सर्वसाधारणलाई ५० ग्राम ल्याउन पनि रोक तर तस्करले एयरपोर्टबाट छिराए ३३ किलो सुन, बाहिर बल्ल समातिए

काठमाडौँ : सरकारले विदेशबाट ५० ग्राम सुन ल्याउन पाउने व्यवस्था परिवर्तन गर्दै साउन १ गतेदेखि काँचो सुन ल्याउन प्रतिबन्ध लगाएको छ। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्राम हैन किलोग्राम त्यो पनि ३३ किलोग्राम सुन भन्सार पास भएर बाहिरिएको छ। 

विमानस्थलबाट सुटकेसमा सुन बोकेर आउनेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पिङ्गलास्थानमा पक्राउ गरेको हो।

सुन भारतीय नागरिकले मगाएको भनिए पनि नेपाली नागरिकको संलग्नता देखिएको अनुसन्धानले देखाएको छ।

बजारमा एक्कासी डलरको सर्टेज देखिएपछि अनुसन्धान सुरु गरिएको सिआइबी प्रमुख नवराज सिलवालले पहिलोपोस्टलाई बताए। 'सुन लिन आउने समेत समातिएकाले सुन मगाउने समूहसम्म पुग्न सकिने विश्वास उनले व्यक्त गरे। 

ब्युरोका अनुसार अनुसार मोरङका दीनबन्धु थापा, बाँके नेपालगञ्जका गोपालबहादुर शाही र जनकपुरका सन्तोष काफ्ले सुनसहित पक्राउ परेका हुन्।

बरामद भएको सुनको बजार मूल्य १५ करोड रुपैयाँभन्दा बढी हुन आउँछ। 





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell