PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

​पोखरा हुँदै पूर्वतिर लाग्दैछ हावाहुरी, के कारणले चल्यो ८० किलोमिटर प्रतिघण्टा 'स्पिड'को हुरी?



​पोखरा हुँदै पूर्वतिर लाग्दैछ हावाहुरी, के कारणले चल्यो ८० किलोमिटर प्रतिघण्टा 'स्पिड'को हुरी?

  • मनोज सत्याल/पहिलोपोस्ट -
काठमाडौँ : ६ जना घाइतेसमेत हुने गरी राजधानीको जनजीवन प्रभावित पार्ने सोमबार साँझको हावाहुरी पोखरा हुँदै पूर्वतिर लागेको मौसमविद् बताउँछन्।

मौसमविद् सुवास रिमालका अनुसार पूर्वी पहाडी क्षेत्रहरुमा आज राततिर चट्याङसहित हावा लाग्न सक्छ।

त्रिभुवन विमानस्थलमा मापन गर्दा हावाको गति ४३ नट थियो। रिमालका अनुसार यो ८० किलोमिटर प्रति घण्टा हुन आउँछ। 

के कारणले चल्यो हावाहुरी?

रिमालका अनुसार चट्याङ गराउने बादलका कारण हावाहुरी चलेको हो। पानी पार्ने यस्तो बादललाई क्युनोनिमस क्लाउड भनिन्छ।
'यस्तो बादल तल जमिनतिर आउनुलाई डाउनड्राफ्ट भनिन्छ। यही कारणले धुलो उड्ने गरी हावाहुरी लाग्छ। यसले नै चट्याङ समेत उत्पन्न गर्छ।'

६ जना घाइते : प्रहरी

आज अपराह्नको हावाहुरीका कारण राजधानीमा ६ जना घाइते भएको प्रहरीले जनाएको छ। 

महानगरीय प्रहरी प्रवक्ता एसएसपी शरद् चन्दका अनुसार त्रिचन्द्र कलेज अगाडि रुख ढलेर दुई जना, स्वयम्भूमा दुई जना, बानेश्वरमा एक जना र बालकोटमा एक जना घाइते भएका हुन्। 

पहिलोपोस्टलाई प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार बालाजु माछापोखरीमा एक जना युवती पनि हावाहुरीले उडाएको टिन लागेर घाइते भएका थिए। बालाजुको घटनाबारे भने प्रहरीले जानकारी नभएको बताएको छ। 
  • सम्बन्धित समाचार

रुख ढल्नेदेखि ट्याङ्की खस्नेसम्म : काठमाडौँमा हावाहुरी चल्दा कसरी भए घाइते? प्रहरी विवरण यस्तो 


विमानस्थल एक घण्टा बन्द

हावाहुरीका कारण करिब एक घण्टा विमानस्थल बन्द भएको थियो।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि जेट एयरवेज र इत्तिहाद एयरवेजका विमान फर्किएका थिए। हुरी चल्दै गर्दा ती विमान लामो समयसम्म आकाशमै होल्ड गरिएको थियो।  

मौसम विभागको बुलेटिनमा थिएन – हावाहुरीको संकेत

मौसम विभागले देशभरको मौसमबारे दिनमा दुई पटक अपडेट गर्ने गरेको छ। बिहान ७ बजे र साँझ ७ बजे। तर आज बिहानको मौसम विभागको बुलेटिनमा हावाहुरीबारे कुनै पूर्वानुमान गरिएको थिएन।

मौसम विभागको बिहानको बुलेटिनमा आज पूर्वी तथा मध्य क्षेत्रमा आंशिक बदलीसहित क्षणिक वर्षा हुने र साधारणतया अन्य स्थानमा भने मौसम सफा रहने तथा देशका बाँकी ठाउँमा मौसम सफा रहने उल्लेख थियो। 

यो पनि हेर्नुस्-

फोटोमा हेर्नुस् ​हुरीपछि काठमाडौंको हालत
ट्विटरमा पनि यसरी चल्यो हावाहुरी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell