PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

रुख ढल्नेदेखि ट्याङ्की खस्नेसम्म : काठमाडौँमा हावाहुरी चल्दा कसरी भए घाइते? प्रहरी विवरण यस्तो



रुख ढल्नेदेखि ट्याङ्की खस्नेसम्म : काठमाडौँमा हावाहुरी चल्दा कसरी भए घाइते? प्रहरी विवरण यस्तो

काठमाडौँ :  उपत्यकामा सोमबार आएको हावाहुरीका कारण ७ जना घाइते भएको जानकारी प्रहरीले दिएको छ। घाइते हुनेमा काठमाडौंमा ६ जना र भक्तपुरमा १ जना रहेका छन्।

हुरीको कारण काठमाडौं त्रिचन्द्र क्याम्पस अगाडि रुख ढल्दा २ जना घाइते भएकोले उपचारको लागि वीर अस्पताल पठाइएको छ । स्वयम्भू स्तुपको इँटा खस्दा घाइते भएका १ जनाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ।

नागार्जुन नगरपालिका–४ सितापाइलामा भागदौड गर्दा लडेर ३५ वर्षीया विमला मगर घाइते भएकोले उपचारको लागि मनमोहन अस्पताल पठाइएको छ।

काँडाघारीको सनसिटीबाट एउटा ट्याङकी खसेर ट्याक्सीको शिशा फुट्दा १ जना घाइते भएका छन्। पुरानो बानेश्वरमा लडेर १ जना घाइते भएकोले उपचारको लागि भरोसा अस्पताल बानेश्वर पठाइएको छ।

तीन ठाउँमा ढल्यो बिजुलीको पोल

टेकु पुल नजिकको बिजुलीको पोल ढलेको छ भने रत्नपार्कमा रुख ढलेर बाटो अवरोध भएको छ। यसैगरी ललितपुर शंखमुल पुल नजिकको बिजुलीको पोल ढलेको छ।

भक्तपुर बालकोटमा बिजुलीको पोल ढलेर १ जना घाइते भएकोले उपचारको लागि नागरिक अस्पताल गठ्ठाघर पठाइएको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell