PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रमाण नभेटिएको भन्दै सिके राउतलाई सर्वोच्चले पनि दियो सफाई



प्रमाण नभेटिएको भन्दै सिके राउतलाई सर्वोच्चले पनि दियो सफाई

काठमाडौँ : सर्वोच्च अदालतले देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोप लागेका सिके (चन्द्रकान्त) राउतलाई आज सफाइ दिएको छ । 

न्यायाधीश वैद्यनाथ उपाध्याय र जगदीश शर्मा पौडेलको संयुक्त इजलासले देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोप लागेका राउतलाई कुनै पनि प्रमाण नदेखिएको भन्दै सफाइ दिएको हो। 

प्रहरीले राउतलाई सन्थाल जातिको एक कार्यक्रममा मधेसलाई टुक्र्याउनुपर्ने भाषण गरेको आरोपमा पक्राउ गरी राज्यविरुद्धको अपराधमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

देश टुक्र्याउने खालको कुनै पनि अभिव्यक्ति दिएको नदेखिएको भन्दै यसअघि विशेष अदालतले राउतलाई सफाइ दिएको थियो। विशेष अदालतको सो फैसलाविरुद्ध सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो। 

देश टुक्र्याउने अभिव्यक्ति दिएको भन्ने आरोपमा कुनै पनि प्रमाण नदेखिएको भन्दै सर्वोच्चले आज सफाइ दिएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले सर्वोच्चले विशेष अदालतकै फैसलालाई सदर गरेको जानकारी दिए। रासस 

यो पनि हेर्नुस्-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell