PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

हेर्नुस् सर्वोच्चबाट कारागारतिर आइजी'सापको 'स्यान्ट्रो यात्रा'

हेर्नुस् सर्वोच्चबाट कारागारतिर आइजी'सापको 'स्यान्ट्रो यात्रा'

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपालको भ्रष्टाचारको मुद्दामा सबैभन्दा ठूलो प्रकरणका रुपमा स्थापित नेपाल प्रहरीको सुडान काण्डका दोषीमध्येका एक पूर्व प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरी आज एकाएक सर्वोच्च अदालतमा उपस्थित भए। सुरक्षाकर्मी साथमै लिएर हिँडे पनि नेपाल प्रहरीको 'फरार' सूचीमा रहेका उनी फौजदारी कार्यविधि संहिताको १३७(२) अनुसार कैद नबसी नै मुद्दा पुनरावलोकन गर्न सकिने व्यवस्थामा टेकेर 'न्याय खोज्न' सर्वोच्च अदालत पुगेका थिए।

१० वर्षभन्दा कम कैद सजायको फैसला भएका व्यक्तिले थुनामा नबसी पुनरावेदन गर्न सक्ने व्यवस्था रहेकाले त्यसैको आडमा उनी सर्वोच्चमा निवेदन सहित पुगेका थिए। उनको निवेदन दर्ता त भयो तर उनले माग गरेअनुसार जेल नबसी मुद्दा अगाडि बढाउन पाएनन्।

त्यसपछि सोझै डिल्लीबजार कारागारतिरको बाटो देखाइदियो सर्वच्चले। चन्दबाहेक अन्य दुई पूर्व महानिरीक्षक पहिले नै सजाय भुक्तानको प्रकृयामा गइसकेका थिए। तर, फरार रहेका उनको नियती पनि सजाय भुक्तान गरेका दुई पूर्व प्रहरी प्रमुखकै जस्तो रह्यो।

सर्वोच्च परिसरबाट उनलाई बा १ झ ७७२९ नम्बरको स्यान्ट्रोमा उनलाई कारागार चलान गरिएको छ। हेर्नुस् सर्वोच्च परिसर र कारागार लैजाँदाका दृष्य :



ट्रेन्डिङ पोस्ट

Ncell