PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

टी २० अन्तर्राष्ट्रिय वरीयतामा सोमपाल र बसन्तको फड्को



पहिलोपोस्ट

टी २० अन्तर्राष्ट्रिय वरीयतामा सोमपाल र बसन्तको फड्को

काठमाडौँ : नेपाली बलरद्वय सोमपाल कामी र बसन्त रेग्मीले आइसीसी टी २० अन्तर्राष्ट्रिय वरीयतामा फड्को मारेका छन्।

दक्षिण अफ्राका र श्रीलंका बीचको टी २० सिरिज समाप्तीपछि आइसीसीले सार्वजनिक गरेको वरीयता अनुसार बलरतर्फ सोमपालले ३ र बसन्तले २ स्थान सुधार गरेका हुन्।

नयाँ वरीयताअनुसार सोमपाल ६८औँ र बसन्त ६९औँ स्थानमा उक्लेका छन्। यसअघि दुवै खेलाडी संयुक्त रुपमा ७१औँ स्थानमा थिए।

सोमपाल र बसन्त अष्ट्रेलियाका प्याट कमिङ्स र मिचेल स्टार्क भन्दा पनि अगाडि छन्। कमिङ्स ७४औँ स्थानमा छन् भने स्टार्क ८१औँ स्थानमा छन्।

यस्तै सोमपाल कामीले अलराउण्डरतर्फ पनि एक स्थान सुधार गरेका छन्। यसअघि ५०औँ स्थानमा रहेको सोमपाल ४९औँ स्थानमा उक्लेका छन्।

कप्तान पारस खड्का भने अलराउण्डरतर्फ ३८औँ स्थानमै यथावत छन् भने ब्याट्सम्यानतर्फ ९५औँ स्थानमा झरेका छन्। यसअघि ९२औँ स्थानमा रहेका पारसले तीन स्थान गुमाएका हुन्।

टी २० को विश्व वरीयतामा ब्याटिङतर्फ पाकिस्तानका बाबर अजाम पहिलो, न्यूजिल्याण्डका कलिन मुनरो दोस्रो र अष्ट्रेलियाका ग्लेन म्याक्सवेल तेस्रो स्थानमा छन्। यस्तै बलिङतर्फ अफगानिस्तानका रसिद खान पहिलो, पाकिस्तानका सदाब खान दोस्रो र इंग्ल्याण्डका अदिल रसिद तेस्रो स्थानमा छन्।

अदिलले पाकिस्तानका इमाद वासिमलाई पछि पारेका हुन्।

अलराउण्डरतर्फ भने अष्ट्रेलियाका ग्लेन म्याक्सेवल पहिलो, बंगलादेशका शकिब अल हशन दोस्रो र अफगानिस्तानका मोहम्मद नावी तेस्रो स्थानमा छन्।

टि वरीयतामा पाकिस्तान पहिलो स्थानमा रहँदा नेपाल भने १४औँ स्थानमा यतावत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell