PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

टी २० अन्तर्राष्ट्रिय वरीयतामा फड्को मार्दै कप्तान पारस र सोमपाल



पहिलोपोस्ट

टी २० अन्तर्राष्ट्रिय वरीयतामा फड्को मार्दै कप्तान पारस र सोमपाल

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र सोमपाल कामीले टी २० अन्तर्राष्ट्रिय वरीयतामा सुधार गरेका छन्।

दुवै खेलमा टी २० को अलराउण्ड वरीयतातर्फ एक स्थान माथि उक्लिएका छन्।

पारस र सोमपाल अलराउण्डरतर्फ शीर्ष ५० भित्र छन्। कप्तान पारस ३८औँ र सोमपाल ५०औँ स्थानमा उक्लेको हुन्।

यसअघि पारस ३९औँ र सोमपाल ५१औँ स्थानमा थिए। विश्व वरीयतामा अलराउण्डरतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सवेल पहिलो, बंगलादेशका शकिब अल हशन दोस्रो र अफगानिस्तानका मोहम्मद नावी तेस्रोमा छ।

यस्तै ब्याटिङतर्फ वरीयतामा रहने एक्लो नेपाली खेलाडी रहेका पारस ९२औँ स्थानमा छन्। बलिङतर्फ भने सोमपाल कामी र बसन्त रेग्मी संयुक्त रुपमा ७१औँ स्थानमा छन्।

टी २० को विश्व वरीयतामा ब्याटिङतर्फ पाकिस्तानका बाबर अजाम पहिलो, न्यूजिल्याण्डका कलिन मुनरो दोस्रो र अष्ट्रेलियाका ग्लेन म्याक्सवेल तेस्रो स्थानमा छन्। यस्तै बलिङतर्फ अफगानिस्तानका रसिद खान पहिलो, पाकिस्तानका सदाब खान दोस्रो र इमाद वासिम तेस्रोमा छ।

यही फेब्रुअरीको सुरुमा युएईलाई पराजित गर्दै पहिलो पटक टी २० अन्तर्राष्ट्रिय सिरिज जितेको नेपाली टिम टी २० वरीयतामा १४औँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell