PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

वातावरण परिवर्तनप्रति सरकारलार्इ सचेत गराउन सडकमा उत्रे अष्ट्रेलियाली विद्यार्थी



वातावरण परिवर्तनप्रति सरकारलार्इ सचेत गराउन सडकमा उत्रे अष्ट्रेलियाली विद्यार्थी
फोटो : इपीए

सिड्नी : अष्ट्रेलियाका विद्यार्थीहरुले वातावरण परिवर्तन प्रति अष्ट्रेलियाली सरकार सकारात्मक नरहेको भन्दै विरोध प्रदर्शन गरेका छन्।

विद्यालयका कक्षा छोडेर उनीहरु सरकारका वातावरण नीतिप्रति असन्तुष्टी जनाउँदै सडकमा उत्रेका हुन्।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोररिसनले सोमवार विद्यार्थीहरुले विद्यालय समयमा प्रदर्शन गर्नु उचित नरहेको बताउँदै सरकारले वातावरण परिवर्तनलार्इ सन्तुलनमा राख्न प्रयत्न गरिरहेको बताएका थिए। मोररिसनले विद्यालयमा 'पढाइ कम एक्टिभिजम बढी' हुन थालेको बताएका थिए। 

धेरै विद्यार्थीहरुले मोररिसनको अभिव्यक्तिका कारणले नै विद्यार्थीहरु सडकमा आउन बाध्य भएको बताएका छन्।

प्रदर्शनमा सहभागी भएका विद्यार्थीले नेताहरुले अहिले लिने नीतिले भविष्यमा आफूहरुलार्इ प्रभाव पर्ने बताउँदै उनीहरुलार्इ सचेत गराउन सडकमा आउनु परेको बताए। 

आयोजकहरुले स्वीडेनको संसद भवन अगाडी वातावरण संकटप्रति नेताहरुलार्इ सचेत गराउने उद्देश्यले प्रदर्शन गरिरहेकी ग्रेटा थनबर्गबाट यो आन्दोलन गर्ने प्रेरणा मिलेको बताएका छन्।

पेरिसमा वातावरण संकटसम्बन्धी भएको सम्झौता अन्तर्गत अष्ट्रेलियाले २०३० सम्म २६ देखि २८ प्रतिशत 'कार्बन उत्सर्जन' गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। तर संयुक्त राष्ट्रसंघले भने अष्ट्रेलियाका साथै अरु राष्ट्रहरुले प्रतिबद्धता अनुसार कार्बन उत्सर्जन गर्ने तर्फ ध्यान नदिएको बताएको थियो। त्यसैको विरोधमा विद्यार्थीहरुले अष्ट्रेलियाका विभिन्न शहरहरुमा 'स्कुल स्ट्राइक फर क्लाइमेट एक्सन' आयोजना गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell