PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रधानन्यायाधीशका लागि न्याय परिषदले पठायो दुई न्यायाधीशको नाम, सुनुवाइबाट अस्वीकृत जोशी पनि दौडमा



पहिलोपोस्ट

प्रधानन्यायाधीशका लागि न्याय परिषदले पठायो दुई न्यायाधीशको नाम, सुनुवाइबाट अस्वीकृत जोशी पनि दौडमा

काठमाडौँः न्याय परिषद् सचिवालयले भावी प्रधानन्यायाधीशका लागि दुई वरिष्ठतम न्यायाधीशको नाम संवैधानिक परिषदलाई सिफारिस गरेको छ। परिषदले यसअघि प्रधानन्यायाधीशमा संसदीय सुनुवाइबाट अस्वीकृत वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र न्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम पठाएको हो।

एक साताअघि नै रोष्टर (विवरण) पठाइएको हो। पद रिक्त हुनुभन्दा एक महिनाअघि सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार परिषदले योग्यता पुगेका सबै न्यायाधीशको नाम पठाएको हो।

परिषदको रोष्टर अनुसार अब संवैधानिक परिषदले प्रधानन्यायाधीश सिफारिस गर्नेछ। सिफारिस अनुसार संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।

संवैधानिक व्यवस्था अनुसार सर्वोच्चमा कम्तीमा तीन वर्ष काम गरेको न्यायाधीश प्रधानन्यायाधीशका लागि योग्य हुनेछन्। हाल सर्वोच्चमा उक्त योग्यता पुगेका जोशी र राणामात्र हुन्।

परिषदले जोशीको नाम भने कैफियतसहित पठाएको छ। यसअघि संसदीय सुनुवाइबाट अस्वीकृत भएको जानकारीसहित जोशीको नाम पठाएको हो। 

हालका प्रधानन्यायाधीश मिश्रको कार्यकाल पुस १८ गतेबाट सकिँदैछ। मिश्रको कार्यकाल सकिएपछि जोशीले वरिष्ठताका आधारमा कायम मुकायम भई कार्यसम्पादन गर्नुपर्ने हुन्छ। जोशीलाई यसअघि साउन १८ गते संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेको थियो।

पढ्नुस्ः प्रधानन्यायाधीशमा जोशी अस्वीकृत, किन ? यस्तो छ नेकपा र कांग्रेस सदस्यको राय

 

नेपालको संसदीय सुनुवाईको इतिहासमा पहिलोपटक कुनै पदाधिकारीको नाम अस्वीकृत भएको थियो। दुई तिहाई बहुमतले प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई अस्वीकृत गर्ने निर्णय गरेको थियो।

सत्तारुढ नेकपा र फोरम नेपालको दुई तिहाइ बहुमत रहेको समितिबाट जोशी अस्वीकृत भएका थिए। समितिमा भएका मतदानमा जोशीको पक्षमा शून्य र विपक्षमा १० मत परेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell