PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यू-१९ एसिया कप : सिनियर टिमको खेलाडी रोहितलाई राख्दै नेपाली टोली घोषणा, सुर्य तामाङ नयाँ अनुहार



पहिलोपोस्ट

यू-१९ एसिया कप : सिनियर टिमको खेलाडी रोहितलाई राख्दै नेपाली टोली घोषणा, सुर्य तामाङ नयाँ अनुहार
रोहित पौडेल, फाइल फोटो

काठमाडौँ : बंगलादेशमा यही सेप्टेम्बर २९ देखि अक्टोबर ७ सम्म हुने एसीसी यू-१९ एसिया कपको लागि आसिफ शेखको कप्तानीमा नेपाली टोली घोषणा भएको छ।

राष्ट्रिय टिममका नियमित सदस्य रोहित कुमार पौडेललाई समावेश गर्दै मंगलबार १५ सदस्यीय नेपाली घोषणा भएको हो।

यू-१९ टिमका मुख्य प्रशिक्षक विनोद दास, सुनोज भट्टराई र राजु खड्का सम्मिलित छनोट समितिले टोली चयन गरेको हो।

यही सेप्टेम्वर दोस्रो साता भारतमा यू-१९ एकदिवसीय सिरिज खेलेको टोलीमा ४ परिवर्तन गरिएको छ।

विपिन रावलर लोकेश बामको स्थानमा रोहित पौडेल र रविन्द्र जंग शाहीलाई टिममा राखिएको छ भने फास्ट बलर किशोर महतोको स्थानमा नन्दन यादव र स्पिनर मो. सांसद आलमको स्थानमा सूर्य तामाङलाई राखिएको छ। सुर्यले पहिलो पटक नेपालको यू-१९ टिममा स्थान बनाएका हुन्।

नेपालको उपकप्तानमा फास्ट बलर कमल सिंह ऐरी छन्। कप्तान आसिफ र रोहितसँगै पवन सराफ, भिम शार्की, कमल सिंह ऐरी, रासिद खानले गत संस्करणको यू-१९ एसिया कप समेत खेलेका थिए।

यू-१९ एसिया कपको नेपाल समूह ए मा छ। नेपालसँगै अफगानिस्तान, भारत र युएई यो समूहमा छन्। नेपालले सेप्टेम्वर २९ मा भारतसFग पहिलो खेल खेल्दै एसिया कप सुरु गर्नेछ।

गत संस्करणमा नेपालले भारतलाई हराउदै शनसनी मच्चाएको थियो। नेपालले सेमिफाइनलसम्म स्थान बनाएको थियो।

नेपाली टिमको प्रमुख प्रशिक्षकमा विनोद दास छन् भने मनोज कटवाल सहायक प्रशिक्षकको रुपमा रहनेछन्। यस्तै राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका शक्ति गौचन टिम म्यानेजरको रुपमा रहनेछन्। टिमको फिजियो बिक्रम न्यौपाने रहनेछन्।

एसिया कप खेल्न नेपाली टोली २७ सेप्टेम्बरमा (बिहीवार) बंगलादेश प्रस्थान गर्नेछ।


नेपाली टोली :
मो. आसिफ शेख (कप्तान), कमल सिंह ऐरि (उपकप्तान), रोहित कुमार पौडेल, रवि शाह, नन्दन यादव, रित गौतम, पवन शर्राफ, रबिन्द्र जंग शाही, रासिद  खान, भिम  शार्की, तृत राज दास, सन्दिप जोरा, सागर  ढकाल, अरुण ऐरी, सुर्य तामाङ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell