PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

एसीसी यू १९ एसिया कपका लागि नेपाली टोली घोषणा



पहिलोपोस्ट

एसीसी यू १९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं : मलेसियामा आगामी नोभेम्वर ९ बाट शुरु हुने एसीसी यू-१९ एसिया कपका लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ।

यू-१९ टिमका मुख्य प्रशिक्षक विनोद दास र यू-१९ टिमका एसीसी कन्सलट्यान्ट वेनकाटापथी राजु रहेको समितिले खेलाडी छनोट गरेको हो। यस्तै ४ वैकल्पिक खेलाडी पनि छानिएका छन्।

मलेसिया जानुअघि नेपाली यू-१९ टोली भोली अभ्यास खेल खेल्न बंगलादेश जाँदैछ। बंगालादेशको यू-१९ टोलीसँग नेपालले नोभेम्वर २,४ र ५ मा गरी ३ अभ्यास खेल खेल्ने तय भएको छ।

मलेसियामै सेप्टेम्वरमा भएको एसीसी इस्टर रिजन टुर्नामेन्टको च्याम्पियन बन्दै नेपाल एसिया कपका लागि छनोट भएको हो। उक्त प्रतियोगिता खेलेका नन्दन यादव, विक्रम कुमार भुसाल, सन्दीप जोरा र सुमित महर्जन यस पटक टिममा अटाएनन्। विक्रम र सन्दीप वैकल्पिकमा परेका छन् भने नन्दन र सुमित वैकल्पिकमा पनि परेनन्।

विकेटकिपर प्रकाश केसी, कमल सिंह ऐरी, भिम शार्कीले यू-१९ टिममा कमब्याक गरेका छन् भने रसिद खान र जितेन्द्र सिंह पनि १५ सदस्यीय टोलीमा अटाएका छन्।

१५ मध्ये १० खेलाडीले गत वर्ष रीलंकामा भएको यू-१९ एसिया कप खेलेका थिए। शहाब आलम, प्रनित थापा मगर, किशोर महतो, रसिद खान र जितेन्द्र सिंह पहिलो पटक यू-१९ एसिया कप खेल्ने टिममा छनोट भएका हुन्।


छनोट भएका खेलाडीहरु

दीपेन्द्र सिंह ऐरी (कप्तान), रोहित कुमार पौडेल, सन्दीप लामिछाने, सन्दीप सुनार, प्रनित थापा मगर, अनिल कुमार शाह, पवन सराफ, मोहम्मद आसिफ शेख, किशोर महतो, शहब आलम, प्रकाश केसी, कमल सिंह ऐरी, भिम शार्की, रसिद खान, जितेन्द्र सिंह


वैकल्पिक खेलाडी

सन्दीप जोरा, विक्रम कुमार भुसाल, अंकित चौधरी, विजय चौधरी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell