PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

फोटोमा हेर्नुस् यसरी चलाइन् पहिलो महिला सभामुखले पहिलो बैठक



फोटोमा हेर्नुस् यसरी चलाइन् पहिलो महिला सभामुखले पहिलो बैठक

  • अंगद ढकाल/पहिलोपोस्ट -
काठमाडौँ : त्यसो त अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा सभामुखको यो आसनमा ‌‌ओनसरी घर्ती मगर यसअघि पनि पटक पटक देखिएकै हुन्। तर त्यतिबेला उनी उपसभामुखको हैसियतमा थिइन्। शनिबार नेपालको पहिलो महिला सभामुखले पहिलो पटक बैठक सञ्चालन गरेको ऐतिहासिक घडी थियो। 

नयाँ संविधान जारी भइसकेपछि सभामुख र उपसभामुखले राजीनामा दिँदै नयाँ सभामुख र उपसभामुख निर्वाचनको बाटो खोलिदिएका थिए। त्यसपछि बैठकको सञ्चालन ज्येष्ठ सदस्यका हैसियतले नेपाः राष्ट्रिय पार्टीका सभासद् लक्ष्मण राजवंशीले गरेका थिए। असोज ३० गते भएको निर्वाचनमा सदनले सर्वसम्मत घर्तीलाई सभामुख निर्वाचित गरेको थियो।

उपसभामुखका रुपमा पहिले नै अनुभव बटुलिसकेको हुनाले आजको बैठक उनले सहजै सञ्चालन गरिन्। सेतो सारी र खैरो कोटमा सजिएकी ओनसरीले १० वर्षदेखि सभामुख रहेका सुवास नेम्वाङको कमि महसूस हुन दिएनन्। यद्यपि हरेक बैठकमा सुनिने नेम्वाङको ट्रेडमार्क बोली 'मान्य सदस्य' केहीले 'मिस' अवश्य गरे। बिस्तारै, स्पष्ट रुपमा बोल्ने घर्तीले अब संविधान अनुसार २०७४ साल माघ ७ गतेसम्म कार्यकाल रहेको संसद्को बैठक यसरी नै सञ्चालन गरिरहेको देख्न पाइनेछ। 


स‌ंसद बैठक सुरु हुनुअघि राष्ट्रिय गान बज्दै गर्दा। 

माइक मिलाउँदै सभामुख। 















दशैँलगत्तै बैठक हुनाले अधिकांश कुर्सी खाली थिए।













@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell