PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपालको इतिहासमा पहिलो पटक महिला सभामुख सर्वसम्मत निर्वाचित



  • पहिलोपोस्ट-
काठमाडौँ : नयाँ संविधान कार्यान्वयन गर्ने क्रममा नेपालको इतिहासमै पहिलो पटक महिला सभामुख निर्वाचित भएकी छिन्। एमाओवादी नेतृ तथा यसअघिका उपसभामुख ओ‌नसरी घर्तीलाई संसदले सर्वसम्मत निर्वाचित गरेको हो। 

नेपाल मजदुर किसान पार्टीले अनुराधा थापा मगरलाई सभामुख उम्मेदवार बनाएका कारण उनी सर्वसम्मत हुन नसकिएला कि भन्ने भएकोमा उनका प्रस्तावक प्रेम सुवालले प्रस्ताव फिर्ता लिएपछि सर्वसम्मत चयन गर्ने बाटो खुलेको थियो।

सत्तारुढ गठबन्धनका उम्मेदवार घर्तीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत समर्थन गरेको थियो। 

त्यसैगरी उपसभामुखमा राप्रपा नेपालका गंगाप्रसाद यादव निर्विरोध निर्वाचित हुने भएका छन्। नेमकिपाले उपसभामुखमा डिल्लीप्रसाद काफ्लेको उम्मेदवारी दर्ता गराए पनि संविधान अनुसार एउटै दलले सभामुख र उपसभामुखमा उम्मेदवारी दर्ता गराउन नमिल्ने भन्दै फिर्ता गरिएको थियो। 




को हुन् ‌ओनसरी?

रोल्पाको जंकोट गाविसमा २०३४ साल कात्तिक २८ गते जन्मिएका घर्ती रोल्पा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित उम्मेदवार हुन्। एमाओवादी नेता वर्षमान पुनकी श्रीमती उनी २०४६ सालदेखि राजनीतिक दलमा आवद्ध भएकी हुन्।

एसएलसीसम्म अध्ययन गरेकी घर्तीले जनयुद्ध र नेपाली महिला आन्दोलन पुस्तक पनि प्रकाशन गरेकी छिन्। 

को हुन् गंगाप्रसाद ?

२००७ सालमा सप्तरीको जोगिनियाँ गाविस वडा नम्बर ७ मा जन्मिएका गंगाप्रसाद यादव राप्रपा नेपालका समानुपातिकमा विजयी उम्मेदवार हुन्। २०२६ सालमा राजनीतिमा आवद्ध भएका उनले विज्ञानमा प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन्। यसअघि गाविस अध्यक्ष, युवक संगठनको केन्द्रीय सदस्य, जिल्ला उपसभापति, युवक संगठन जिल्ला सभापति र हाल केन्द्रीय सदस्य छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell