PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

​नेपाल चीनसित नजिकिन लागेकोमा भारतको प्रमुख प्रतिपक्षी कांग्रेसको चिन्ता



​नेपाल चीनसित नजिकिन लागेकोमा भारतको प्रमुख प्रतिपक्षी कांग्रेसको चिन्ता

काठमाडौँ : भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले नेपालसँगको ऐतिहासिक सम्बन्ध बिग्रिएर छिमेकी देश चीनतिर ढल्कन लागेकोमा गम्भीर चासो र चिन्ता जनाएको छ।

गएको आइतबार भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले सरकारी समाचार एजेन्सी पिटिआईलाई अन्तर्वार्ता दिँदै भनेका थिए, मरता क्या नहीँ करता, हामीलाई चीनतिर लाग्न बाध्य नपारियोस्।

कांग्रेस नेता प्रमोद तिवारीलाई उद्धृत गर्दै पिटिआईले लेखेको छ, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले तत्काल कदम चाली यो ऐतिहासिक सम्बन्धलाई पुनर्स्थापना गर्दै भारतको हितको रक्षा गर्न जरुरी छ।‘

उनले नेपाल भारतको मुख्य छिमेकी रहेको भन्दै सम्बन्ध सँधै राम्रो हुन जरुरी रहेको बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell