PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मरता क्या नही करता भन्दै नेपालले भन्यो : तेल दिँदैनौ भने चीनतिर लाग्छौं



मरता क्या नही करता भन्दै नेपालले भन्यो : तेल दिँदैनौ भने चीनतिर लाग्छौं

काठमाडौं : पेट्रोलियम पदार्थमा अवरोध गरेर आयातका लागि चीनतिर नधकेल्न नेपालले भारतलाई चेतावनी दिएको छ। भारतको नेतृत्वले छिटै समस्या समाधान गर्ने आश्वासन दिएको भए पनि त्यसमा प्रस्टता आवश्यक भएको भन्दै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भने, 'भारतले समयसीमा तोक्नुपर्छ। मतलब, घन्टा, साता वा महिना ?'

'यदि पेलेर नेपाललाई मरता क्या नही करताको अवस्थामा पुर्‍याउने हो भने हामी अरु मुलुकसँग अप्रोच गर्न बाध्य हुनेछौं,' राजदूत उपाध्यायले भने।
 
समाचार संस्था पिटिआईलाई विशेष अन्तर्वार्ता दिँदै राजदूत उपाध्यायले यस्तो चेतावनी दिएका हुन्। उनले 'लजिस्टिक हिसाबमा अन्यत्रबाट आयात गर्दा कठिनाई छ तर चीन अथवा अन्य मुलुकसँग अप्रोच गर्न सक्छौं,' भनेका छन्।

उपाध्यायले भारतको संस्थापन पक्षसामु नेपालमा अहिले भइरहेको आपूर्ति अवरोधबारे जानकारी गराइसकेको छ र आशा गरेको छ छिटै दिल्लीले समस्या समाधान गर्छ। दसैं-तिहार जस्ता महत्वपूर्ण पर्व नजिकिरहेको अवस्थामा भारतले गरेको नाकाबन्दीले नेपालको जनजीवन प्रभावित भइसकेको छ।

भारतले नाकाबन्दी गर्दा नेपालको आन्दोलनका कारण उसका ट्रकमाथि आगजनी तथा मजदूरमाथि हातपात भएको कारण देखाएको छ जबकि नेपालले औपचारिक रुपमा नै भारतीय गाडीको सुरक्षा जिम्मा आफू लिन तयार भएको जनाइसकेको उपाध्यायले बताए।

उनले भारतीय आयल निगमसँग भएको सहमति अनुसार पेट्रोलियम पदार्थहरु नेपाल पठाउनुपर्नेमा नभइरहेको जनाए। नेपालमा इन्धन अभावले चरम रुप लिएपछि यहाँको यातायात पूर्ण प्रभावित छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell