PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​भारतलाई ओलीको जवाफ : राजनीतिक समाधान भइसकेको छ



​भारतलाई ओलीको जवाफ : राजनीतिक समाधान भइसकेको छ
फाइल फोटो

  • पहिलोपोस्ट -
काठमाडौँ : भारतले पछिल्ला केही वक्तव्यहरुमा नेपालमा भइरहेको समस्याको समाधान राजनीतिक ढंगले गर्नुपर्नेमा जोड दिँदै आएको छ। भारतले आज जारी गरेको विज्ञप्तिमा पनि राजनीतिक समाधान हुनुपर्ने लेखिएको छ। तर एमाले अध्यक्ष केपी ओलीले आज राजनीतिक समाधान भइसकेको जवाफ फर्काएका छन्।

‘कसैकसैले राजनीतिक समाधान हुनुपर्छ भनिरहेका छन्’, राजधानीको पर्यटन बोर्डमा आयोजित कार्यक्रममा भारतको नाम नलिई उनले भने, ‘राजनीतिक समाधान भइसकेको छ। संविधान जारी हुनु नै राजनीतिक समाधान हो।‘

लोकतान्त्रिक ढंगबाट चुनिएको लोकतान्त्रिक संविधानसभाले लोकतान्त्रिक संविधान जारी गर्दा खुसी हुनै पर्ने उनको तर्क थियो।

जनताको चुलो बन्द गरेर कहाँको जनताको आन्दोलन?

ओलीले जनताको चुलो बन्द गरेर, हवाई इन्धन र पेट्रोलियम पदार्थको आपूर्ति ठप्प पारेर जनतालाई दुःख दिने कहाँको जनताको आन्दोलन हो भनी प्रश्न गरे।

नेपाल र भारत मिलेर बसेका छिमेकी भएको बताउँदै कसैको छुद्र स्वार्थका कारण सम्बन्ध बिगार्न र फुटाउन खोजिएको उनले बताए। नेपालका सबै दल र सबै नेता भारतको मित्र भएको र भारतको अहित कसैले नचिताउने बताउँदै उनले भने, ‘भारत र भारतका नेतालाई भन्न चाहन्छु भारतको विरुद्ध केही हुँदैन। त्यो उहाँहरुले बुझ्नुहुन्छ र बुझ्नुपर्छ।‘

‘ओली कडा भएको छैन’

मिडियामा ओली कडा रुपमा प्रस्तुत भएको भनी आइरहेको समाचारलाई इङ्गित गर्दै उनले भने, ‘कडा हुनु जरुरी छैन। आन्तरिक मामिलामा निर्णय गर्न नेपाल स्वतन्त्र छ।

‘सार्वभौम मुलुकले संविधान जारी गर्नु जायज छ’, उनले भने, ‘यो कसैविरुद्ध लक्षित छैन।‘

कार्यक्रममा आउनुअघि उनी र  भारतीय राजदूत रणजित रायबीच एमाले संसदीय दलको कार्यालयमा लगभग एक घण्टा भेट भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell