PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​प्रधानमन्त्रीले सोधेः कहाँ भएको छ सेना परिचालन?



​प्रधानमन्त्रीले सोधेः कहाँ भएको छ सेना परिचालन?

काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले स्थानीय स्तरमा सुरक्षा प्रबन्ध मिलाउन नेपाली सेना गएको विषयलाई सेना परिचालन गरिएको भनेर प्रचार गरिएको आरोप लगाएका छन्।

संविधानसभामा संविधानको संशोधित विधेयकमाथि भएको छलफलमा धारणा राख्ने क्रममा प्रधानमन्त्री कोइरालाले सोधे- 'कहाँ भएको छ सेना परिचालन छ? स्थानीय स्तरमा सुरक्षा प्रबन्ध मिलाउनमात्र सेना गएको हो।'

'अन्तर्राष्ट्रिय जगतले पनि बुझ्नुपर्छ, यो सेना परिचालन होइन', उनले भने।

देशका विभिन्न भागमा भएका आन्दोलन हिंसाउन्मुख हुनु दुःखद भएको प्रधानमन्त्रीले बताए। 'असहमति राखेर शान्तिपूर्ण रुपमा आन्दोलन गर्नु लोकतन्त्रको स्वभाविक बाटो हो', उनले भने, 'वार्तामार्फत नै सहमतिको यात्रालाई निरन्तरता दिनुपर्छ।'

आन्दोलनका क्रममा 'दुर्घटना' हरु भैरहेको भन्दै प्रधानमन्त्रीले प्रश्न गरे- 'अदालत तोड्ने, सभासद्को घरमा आगो लगाउने, प्रहरी बिट तोड्ने, के यो शान्तिपूर्ण आन्दोलन हो? आगो लगाएर के हुन्छ?'

सबैका भाषा, संस्कृति र भेषभुषाको संरक्षण हुने भन्दै प्रधानमन्त्रीले अत्यधिक सहमतिका साथ मुलुक बनाउने अवसरको उपयोग गर्नुपर्ने बताए। 

कैलालीमा वरिष्ठ प्रहरी अधिकृत सहित प्रहरीहरु मारिएपछि सरकारले प्रमुख जिल्ला अधिकारीलाई सेना परिचालन गर्न अनुमति दिएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell