PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

​सेना परिचालन गर्न सरकारको आदेश



​सेना परिचालन गर्न सरकारको आदेश

काठमाडौं: कैलालीमा वरिष्ठ प्रहरी अधिकृत सहित प्रहरीहरु मारिएपछि सरकारले सेना परिचालन गरेको छ।

कैलालीमा ५ जना प्रहरी र केही सशस्त्र प्रहरी मारिएपछि सरकारले सुरक्षा परिषदको बैठक बसी सेना परिचालनका लागि जिल्ला प्रशासन कार्यालयहरुलाई आदेश दिएको हो।

गृहमन्त्री बामदेव गौतमले संसदमा बोल्दै भने ' नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिन सक्ने अवस्था नदेखिएपछि सेना परिचालन गर्ने निर्णय गरेका हौ।'

कैलालीको टीकापुरमा चारै दिशाबाट बञ्चरो हसिया, खुकुरी र भाला बोकेर आएकाहरुले प्रहरी अधिकारीहरुलाई घेराबन्दीमा पारेर हत्या गरेका गृहमन्त्री गौतमले बताए।

उनले रौतहटको गौर र सर्लाहीको मलंगवामा पनि यस खालका घटना भएको भन्दै शान्ति सुरक्षा कायम गर्नका लागि सेना परिचालन गर्नु बाध्यता भएको बताए। स्थानीय प्रशासनलाई सुरक्षा संवदेनशीलता हेरेर दंगा ग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गर्न सरकारले आदेश दिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell